सरकारले चौतर्फी दबावपछि फिर्ता लियो गुठी विधेयक (विज्ञप्तिसहित)

 काठमाडौं असार, ३ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

 

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । संघीय संसद्‌मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहितमुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो।

 

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।