कार्ल मार्क्स किन असफल ? खास कारण यस्ताे छ।

    सुरेन्द्र के सी  

जब मानिसमा कम्युनिस्ट बन्ने खुबी हुदैन नि? तब मानिसहरु सोसियलिस्ट बन्छन । मानिसको प्रकृति नै कस्तो हुन्छ भन्दा आफुले कुनैकुरा ठ्याक्कै ब्यवहारमा उतार्न सक्दैन भने अब उसले त्यसको अन्य बिकल्प खोज्छ र त्यसैमा रुमलिन्छ ।अर्थात अब मानिसहरु भ्रमित हुनु पक्का छ । कम्युनिज्मको साचो परिभाषा नबुझ्दा सोसिअलिज्मले जन्म लिन्छ । कम्युनिज्म आफैमा सबै भन्दा उत्तम आइडिया हो । त्यसलाइ ब्यवहारमा उतार्न मानिसहरु चेतनाको त्यो उच्चतम स्तरमा पुगेको हुनुपर्छ र अर्को तर्फ लिडरहरुले मानव स्वभावको बारेमा बुझेको हुनुपर्छ।

 

कार्ल माक्स त्यस्ता ब्यक्ती हुन जसले अर्थशास्त्रको बारेमा लगभग सम्पुर्ण कुरा जानेका थिय तर उनले मानव स्वभावको बारेमा एकदमै कम मात्र जानेका थिय । उनले कल्पना गरे कि सन्सारका धनी रास्ट्रहरु लगायत सम्पुर्ण रास्ट्र कम्युनिस्ट बन्नेछन र मानिसहरुले आफ्नो सम्पत्ती एक अर्कामा बाडिचुडी गरेर खानेछन । मेरो र तेरो भन्ने कुनै कुरा नै हुने छैन । सबै सङ्ग सबै थोक हुनेछ भनेर कल्पना गरे । यो कल्पना आफैमा अत्यन्तै शानदार कल्पना थियो । सन्सारमा जति पनि सपनाहरु देखिय तिमध्य सबै भन्दा उत्तम सपना नै यहि थियो जहाँ सबै जनाले महत्वाकांक्षा त्यागेर एक अर्काको आवस्यकता पूरा गर्दै , रमाउदै , समान रुपमा बाच्नेछन ।

 

मानौ तपाइले करोडौ रुपैया कमाउनुभयो र मैले कत्ती पनि पैसा कमाउन सकेको छैन भने पनि म भोकले मर्नेछैन किनकी तपाइले आफ्नो त्यो कमाइ मलाई पनि दिनुहुनेछ । किनकि जब तपाईं सच्चा कम्युनिस्ट बन्नुहुन्छ तब तपाइको दिमागबाट आफु मात्र बाच्ने , रमाउने सोच गाएब हुनेछ र तपाइले मलाइ पनि बचाउने सम्बन्धमा सोच्न थाल्नुहुनेछ । यस्तो महसुस तपाइले मात्र होइन पैसा हुने सबैले तपाइले जस्तै कम्युनिज्म महसुस गर्नेछन र आफ्नो कमाइ सम्पुर्ण गरिबमा स्वतस्फूर्त रुपमा बाड्नेछन ।

 

सबैलाइ समान हक , अधिकार र काम गर्ने अनि कमाउने मौका अनि शिक्षा र स्वास्थ्य लगायत सम्पुर्ण अवसरहरुको समान बितरन गरिनेछ। यो जस्तो महान आइडिया यो सन्सारमा अर्को छैन । त्यसैले पनि होला उनको यो बिचार धेरैले मन पराय । माक्स सङ्गै धेरै अन्य बिचारकहरुले पनि यो आइडियामा उनिसङ्ग मिलेर काम गर्ने सोचे । उनिहरु निकै खुशी भय ।

 

अब सन्सारमा सबै जना बराबर हुनेछन ।धनी र गरिब बिचको खाडल पुरिनेछ । सबैले समान अवसर पाउनेछन । सन्सारमा अब समानता आउनेछ । सन्सार अब परिवर्तन हुनेछ । माक्सहरु दङ्ग थिय अनि उनिहरुका समर्थक पनि खुसि थिय । उनिहरुका समर्थकहरु बढ्दै थिय ।

 

एक दिनको कुरा हो माक्स रसियाको बाटोमा कम्युनिज्मले साकार रुप लियको सोच्दै हिडिरहेका थिय । उनको अगाडि एक जना रसियन ब्यक्ती आफ्नो दुई ओटै काखिमा एक एक ओटा कुखुरा च्यापेर आइरहेको उनले देखे । माक्सले बढो उत्सुकताका साथ सोधे -” के तिमी काम्युनिस्ट हौ ??” ब्यक्तिले उत्तर दियो- “ठिक भन्नुभयो म पार्टी मेम्बर हु ।” माक्सले सोधे – कामरेड यदि तिमी सङ्ग दुई ओटा महल भैदियको भय तिम्ले एउटा घर के आफ्नो कमरेडलाइ दिनेथियौ?? ब्यक्ती – पक्का दिनेथिय । यसमा सन्खा गर्नै पर्दैन । जे भय पनि म पर्टी सदस्य हु ।

 

माक्स- के तिमी सङ्ग दुइ अरब रुपैया भैदियको भए एक अरब रुपैया अर्को गरिबलाइ दिने थियौ? ब्यक्ती – पक्का दिने थिय । जे भय पनि म पर्टी सदस्य हु । म मेरो गाउमा पार्टिको तर्फ बाट वडा अध्यक्ष हु ।यदि म सङ्ग दुई अरब हुनेहो भने मैले एक अरब बाड्न सक्नुपर्छ र मैले बाड्नेछु । यो त मेरो कर्तब्त हो ।

 

यो नै कम्युनिज्म हो। मैले आफुसङ्ग भएको चिज गरिबमा बाड्न सकिन भने त मैले आफुलाइ कम्युनिस्ट नभनेपनि भयो नि ! होइन र?? माक्स – तिमी सङ्ग अहिले दुई ओटा कुखुरा छन के तिमी एउटा मलाइ वा कुनै गरिबलाइ दिन सक्छौ ? ब्यक्ती – कस्तो कुरा गर्नुभएको? म सङ्ग कुखुराको नाममा भएकै यत्ती दुइओटा कुखुरा मात्रै हो ।

 

म बिचारा गरिबले कसरी दिन सक्छु होला र ? म दिन्न । यो प्रसङ्ग बाट के सिकियो भन्दा मानिसहरुले दिन त चाहान्छन तर जुन चिज तिनिहरु सङ्ग छैन त्यो चिज मात्र दिन चाहान्छन ।

 

तसर्थ गरिब , दुखी , सर्बहारा बर्गले जहिले बाट कम्युनिज्मको बारेमा कुरा गर्न थाले तब बाट यो शब्द यथार्थ भन्दा बाहिरको र काल्पनिक हुन थाल्यो । यो शब्द अपबित्र भयो भन्दा फरक नपर्ला । यदि साच्चिकै धनी ब्यक्तिहरुले यो कम्युनिज्म भन्ने आइडियामा काम गर्न थालेको भय वा माक्सको यो आइडिया धनी ब्यक्तिहरुले अपनाउन थालेको भय यो सन्सार साच्चिकै सुन्दर बन्ने थियो ।

 

यो सन्सारनै सिङ्गो आस्रम जस्तो बन्ने थियो , जहाँ हुनेले नहुनेलाइ खुलेर सहयोग गर्ने थिय । शक्तिमा बसेकाले अवसर नपाएकाहरुलाइ अवसर प्रदान गर्ने थिय । एक अर्कालाइ सहयोग गरेर , मिलेर बस्ने थिय । सन्सार स्वर्ग बन्ने थियो ।

यदि माक्सको यो सुन्दर आइडिया लाई धनिहरुले ग्रहण गरेको भय यो सन्सार पुरै अध्यात्मिक बनिसक्थ्यो ।

तर बिडम्बना माक्सको उक्त बिचारलाइ गरिबहरुले समर्थन गरे । आफु बाच्न र अरुलाइ बाड्नको लागि गरिबहरु सङ्ग पैसा छैन ; अर्को तर्फ धनीहरुले आफुले दुख गरेर कमाएको सम्पत्ती गरिबहरुलाइ बाड्न चाहदैनन । अब गरिबहरुले आफुले कमाउन नसकेको धन, सम्पत्ती , अधिकार सबै धनिहरु बाट खोस्नुको अर्को बिकल्प रहदैन । अर्को भाषामा भन्दा लडाइको अर्को बिकल्प रहदैना ।अब माक्सको यति राम्रो आइडिया केबल सिद्धान्तमा सिमित रहने पक्का भयो ।

 

(1) जब गरिब ब्यक्तिले आफुले जुनसुकै कारणबस होस शक्ति र सम्पत्ति कमाउन सक्दैन तब उसले धनिले कमाएको सम्पत्ति लडेरै खोस्ने कोसिस गर्छ , र (2)अर्को तर्फ त्यो धनी ब्यक्तिमा पनि बाडेर खानुपर्छ भन्ने बुद्दी हुदैन र लोभ मात्र हुन्छ, जसले गर्दा उसले आफ्नो पद , प्रतिस्ठा , शक्ति , सत्ता , र सम्पत्ती मात्रै सबैथोक ठानेको हुन्छ ; उसले आफ्नो सम्पत्ती बाड्न फिटिक्कै चाहदैन भने अब यस्तो अवस्थामा माक्सको यति राम्रो आइडिया अब घटिया आइडियामा परिणत हुन्छ । 

 

किनकी अब गरिब र धनी बिच लड्नुको अर्को बिकल्प रहदैन । स्टालिनको समयमा यस्तै घटिया घटना घटाइयो । भनिन्छ सत्ताइस लाख भन्दा धेरै रसियन नागरिकहरु त्यतिबेला मारियका थिय । यो संख्या दोस्रो विश्व युद्धमा मारिनेहरुको संख्या भन्दा तीन गुणा धेरै हो ।

 

हाम्रो नेपालको कहालिलाग्दो घटना त कसलेपो बिर्सिन सक्छ्होला र?? यतिका मानिसहरु किन मारिय भन्दा गरिबहरुले आफुसङ्ग नभएको काल्पनिक सम्पत्ती सम्पुर्णमा बाड्ने सपना देखेका थिय । यदि धनिहरुले आफुसङ्ग बास्तबिकतामा भएको शक्ति , सम्पत्ति बाड्ने सपना देखेको भए बल्ल यो सन्सार माक्सले सोचेको जस्तै सुन्दर हुनेथियो । तर बर्तमानमा बिश्वका मानिसहरुको सभाव जस्तो छ यहि स्वभाव रहुन्जेल धनिले कम्युनिज्म स्विकार्नु असम्भव छ। माक्सको बाटो बाट सन्सारमा समानता ल्याउन कुनै पनि हालतमा सम्भव छैन ।

 

कम्युनिज्म स्थापित गर्ने उत्तम बाटो अर्कै छ । आज गरिबहरु मात्र कम्युनिस्ट बन्नुको कारण उनिहरुको काल्पनिक सोचाइ थियो ; म सङ्ग दुइ अरब रुपैया भैदियको भए मैले त्यो रकम सम्पुर्ण मानिसहरुमा बाडिचुडि खाने थिय त्यसैले आज जो सङ्ग दुई अरब रुपैया छ त्यसले पनि उसको रकम म लगायत सम्पुर्णमा बाड्नु पर्छ नत्र म त्यसलाइ मार्न तैयार छु भनेर गरिबहरुले आफू सङ्ग जे छैन त्यो म सङ्ग भैदियको भय मैले चाहिँ बाड्ने थिय भनेर सपना देख्न थाले ।

 

म सङ्ग दुई ओटा घर भैदियको भय मैले एउटा घर अरुलाइ दिने थिय त्यसैले त्यो धनी ब्यक्ती सङ्ग पनि दुई ओटा महल छ त्यसले पनि एउटा महल अरुलाइ दिनु पर्छ भन्ने सपनाका साथ गरिब कामरेडहरु हिड्न थाले र त्यो सपना साकार पार्न हतियार उठाय , लुटे , मारे अनि आफू पनि मरे । तर म हजुरलाइ भन्न चाहान्छु माक्स जि कम्युनिज्म लागु गर्नको निम्ति युद्ध अत्यन्तै घटिया विधि हो । गरिबहरुले आफू सङ्ग भएको दुइओटा कुखुराको कहानी बुझ्ननै सकेनन ।

 

कम्युनिज्म लागु गरि, ब्यवस्थित र स्थाइ बनाउने विधि अर्कै छ। जुन विधि हाम्रो इतिहासमा पटक पटक लागू भैसकेको छ र सफल साबित भैसकेको छ। त्यो विधि अपनाउनु आजको आवस्यकता हो । माक्स अर्थशास्त्रका महाज्ञानि हुन तर उनलाइ मान्छेको प्रकृतिको बारेमा ज्यादै थोरै मात्र ज्ञान थियो ।

 

जब सम्म गरिब ब्यक्तिले आफुसङ्ग भएको दुइओटा कुखुरा मध्य एउटा कुखुरा आपसमा बाडेर खान सक्दैन अनि धनी ब्यक्तिले आफुसङ्ग भएको पावर र अथाहा सम्पत्ती आपसमा बाड्न सक्ने हृदय जन्माउन सक्दैन तब सम्म माक्सको आइडियाले साकार रुप लिनै सक्दैन । माक्सको सपनाले साकार रुप लिनको लागि सम्पुर्ण मानव जातिले ध्यान गर्न सुरु गर्नु पर्छ ।

 

मानिसले अध्यात्म भनेको केहो भनेर बुझ्न थाल्नुपर्छ । हो तपाइले ठिक पढ्नुभयो “अध्यात्म” । तब मात्र मानिसले सबैमा आफुलाइ देख्न सक्नेछ , र आफुमा सबैलाइ देख्न सक्नेछ । लोभ लालच हराउनेछ र मानिसले आफुलाइ पुगेपछी बढी भएको बाड्न हिचकिचाउनेछैन । त्यतिबेला त मानिसले आफू भोको भएर पनि अरुलाइ खुवाउनेछ ।

 

धनिले ठगी कार्यलाइ ब्यर्थ सम्झिनेछ र गरिबले खोस्ने कर्यलाइ अनावस्यक सम्झिनेछ । दुबैले एक अर्कामा आफुलाइ देख्न सक्नेछन र आपसमा माया गर्न सक्नेछन । सबै बराबर हुनेछन । कोइ धनी र कोई गरिब हुनेछैनन । सबैले समान अवसर पाउनेछन र सबै समान हुनेछन । यो कुरा कुनै युद्ध बाट नभइ मानिसको स्वबिबेक र चेतनाबाट प्रस्फुटित हुनेछ ।

 

मानिसको अन्तस्करनमा एक पटक अध्यात्मिक चेतनाको बीउ रोपिए पछि त्यो फल्नु र फुल्नु निश्चित छ । अब धनिले आफू रित्तिनुमानै धर्म देख्नेछ अनि गरिबले लडेर , खोसेर खानुमा पाप देख्नेछ । सबैले आपसमा सहकार्य गर्नेछन । सबैजना समान हैसियतले बाच्नेछन । कसैले पनि आफ्नो काम ठूलो र सानो देख्ने छैनन। सबै स्वतन्त्र र समान हुनेछन । सबै अध्यात्मिक हुनेछन । अनि मात्र सहि बिधीद्वारा माक्सको कम्युनिज्म वा साचो अर्थमा रामराज्य स्थापित हुन सम्भव छ । धन्यबाद !