अहिले त्रिभुवन विश्वविद्यालयलाई चौतर्फी घेराबन्दीमा राखिएको छ: उपकुलपति खनिया

काठमाडाै,असार २५। त्रिभुवन विश्वविद्यालयका उपकुलपती तिर्थराज खनियाले अहिले त्रिभुवन विश्वविद्यालयलाई चौतर्फी घेराबन्दीमा राखिएकोमा दुख ब्यक्त गर्नुभएको छ।विश्वविद्यालयको ६० औं वार्षिक दिवस तथा दिर्घ सेवा पदक तथा प्रमाण-पत्र वितरण समारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो।पछिल्लो समय विश्वविद्यालयप्रती गरिएका आलोचनात्मक टिप्पणीहरु हाम्रा लागि स्विकार्य छन। 

 

आलोचना र टिप्पणीहरुलाई क्रमशः पूरा गर्दै जानू हाम्रो कर्तव्य हो।त्यसका लागि हामी निरन्तर प्रयत्नशील छौ।उहाले भन्नुभयो।त्रिवि सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा भएका घटनाहरु ब्यक्तिगत भएपनी ती दुबै घटनाले विश्वविद्यालयको प्रतिष्ठामा आँच पुर्याएका छन।

 

त्यो भुलचुक नभएर गल्ती भएकै हो त्यसलाइ हामी आत्मासात गर्छौ र त्यसका लागि समाधान पनि खोज्दै छौ।जसका लागि कमिटी गठन गरिसकेको उहाले जानकारी दिनुभयो।

 

आफ्नो कार्यकालमा विश्वविद्यालयले थप केही प्रगती हासिल गरेको उहाको दाबी छ।जसमा शैक्षिक प्रमाणपत्र तत्काल उपलब्ध गराउनेजस्ता कार्यहरु पूरा गरिसकेको र विश्वविद्यालयलाई एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा बिकास गर्न आफू सधै क्रियासिल रहेको कुरा उहाले प्रष्ट पार्नुभयो।

 

यो विश्वविद्यालय कुनै देशको विश्वविद्यालयसँग तुलना गर्न मिल्दैन र अरुजस्तै बनाउछौ भन्न पनि मिल्दैन किनकी यो विश्वविद्यालय नेपालमा छ र नेपालजस्तै हुनुपर्छ भन्दै उहाले ठोकुवासमेत गर्नुभयो।प्रधानमन्त्री केपि शर्मा ओलिले आजै उपकुलपति कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो।

 

यसै क्रममा २५ वर्षसम्म अनवरत रुपले सेवामा रहि विश्वविद्यालयलाई सहयोग गर्नुहुने शिक्षकहरुलाई दिर्घ सेवा पदक तथा प्रमाण-पत्र वितरण गरिएको थियो भने विभिन्न संकायमा उत्कृष्ट अंक ल्याइ प्रथम हुनुहुने विद्यार्थीहरुलाई विभिन्न अक्षकोषहरुबाट पुरस्कृत गरिएको थियो।