यसरी गरीन् आफ्नै श्रीमानको हत्या

धरान,असार २५।मध्यराति घरमा निदाइरहेका श्रीमानको हत्या गरेको अभियोगमा इनरुवा–७ की विमला ऋषिदेवलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

 

गत बैशाख ८ गते राति निदाइरहेका इनरुवा नगरपालिका ७ मुसहर टोलका २४ वर्षीय मुकेश ऋषिदेवको हत्या गरेको भन्दै उनकी श्रीमती विमलालाई प्रहरीले पक्राउ गरेको हो ।

 

घटनापछि फरार रहेकी विमलालाई दुई महिनापछि मात्रै प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी घटनापछि भारतको विहार राज्यको सपौल जिल्लामा बस्दैआएकी थिइन् ।अन्नपूर्ण पाेष्टमा समाचार छ।

 

उनको खोजीमा सक्रिय रहेको प्रहरीले मंगलवार नेपाल प्रवेश गरेको गोप्य सूचनाका आधारमा उनलाई इनरुवाबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

 

श्रमानसँगको आन्तरिक झगडाका कारण विमलाले धारिलो हतियार प्रहार गरी मध्यरातमा श्रीमानको हत्या गरी फरार रहेको एसपी पोखरेलले बताए । विमलालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ । विमलाले रिसइबीका कारण श्रीमानको हत्या गरेको प्रहरी समक्ष वयान दिएकी छन्।

 

विमलाले श्रीमानसँग दैनिक झगडा हुन थालेपछि निदाएको मौका छोपेर मध्यरातमा धारिलो हतियार प्रहर गरी हत्या गरेको स्वीकार गरेकी छन् । विमला विरुद्ध कर्तव्य ज्यान ऐन अन्र्तगत मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको एसपी पोखरेलले बताए ।