पत्रकार खनाललाई मातृशोक,क्रान्तिकारी पत्रकार महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

 

 

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका केन्द्रीय सदस्य दामोदर खनालकी ममतामयी आमा मिना खनालको ६६ वर्षको उमेरमा साउन ५ गते भएको निधनबाट संगठन मर्माहत बनेको उल्लेख गर्दै वक्तव्यमा दिवंगत मिना खनालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । संगठनका अध्यक्ष इन्द्र राउतले जारी गरेको वक्तव्यमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

 

वक्तव्यमा भनिएको छ, “हाम्रो संगठन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य दामोदर खनालकी ममतामयी आमा मिना खनालको ६६ वर्षको उमेरमा साउन ५ गते असामयिक निधन हुन पुगेको छ । २०१० साल मंसिर १७ मा जन्मनुभएकी अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न.१ साम्नेगाँउ निवासी मिना खनालको निधनले हाम्रो संगठनलाई निकै मर्माहत बनाएको छ । दिवंगत खनालका तीन छोरा, तीन बुहारी र दुई छोरी ज्वाइँ र ८ जना नाती नातिनाहरु रहेका छन् । हाम्रो संगठन यस दुःखद् घडीमा दिवंगत आमा मिना खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।