सुन तस्करीदेखि बालुवाटार जग्गा बेच्नेसम्मलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिऊँ : प्रेम सुवाल

काठमाडौं,साउन १५। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्नेसम्मलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने बताएका छन्।

 

संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले देशका ठूला भ्रष्टाचारकाण्डमा मुछिएका सबैलाई मृत्युदण्ड दिनुपर्ने व्यवस्थाका लािग संशोधन संशोधन गर्नुपर्ने बताएका छन्।

 

‘दैनिक सामाजिक अपराध र भ्रष्टाचार बढिरहेका छन्। ३८ क्वीन्टल सुन, वाइडबडी भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ’, सुवालले भने, ‘राज्य व्यवस्था समितिले सरकारलाई, प्रधानमन्त्रीलाई भनेर मृत्युदण्डको संवैधानिक व्यवस्था गराओस।