एउटै पासोमा झुण्डिए जोडी

काठमाडौं,भदाै १७ । काठमाडौंको गौशालास्थित पशुपति नजिकैको जंगलमा एक जोडीले आत्महत्या गरेका छन् । ४० वर्षीय जय गिरी र उमिता दमाईले एउटै पासोमा झुण्डिए आत्महत्या गरेका हुन् ।

 

गिरी खोटाङको दिक्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका थिए भने याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले झुण्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको र घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।