लगानीमा चिनियाँ चासो

काठमाडौँ, भदौ २४ । विश्व अर्थतन्त्रमै बलियो उपस्थिति जनाउँदै आएको चीनका लागि पछिल्लो समय नेपाल पनि लगानीको गतिलो गन्तव्य बन्दैआएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा रहँदैआएको छ । आर्थिक वर्ष २०४१÷४२ देखिको विवरणमा हालसम्म नेपालमा लगानी भिœयाउन सक्रिय मुलुकको सूचीमा चीन नै अग्रस्थानमा देखिन्छ । गत असार मसान्तसम्ममा एक हजार ४९० उद्योगमा चिनियाँ लगानी आकर्षित भएको देखिन्छ । यसबाहेक चीन प्रशासित हङकङबाट ४३ र ताइवान बाट २३ उद्योगका निमित्त लगानी प्रतिबद्धता आएको देखिन्छ ।

 

नेपालमा चिनियाँ लगानीको पक्ष बलियो र आशालाग्दो बन्दैगरेको लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको बुझाइ छ । नेपालमा चिनियाँ लगानीकर्ताको चासो उच्च छ, उहाँले भन्नुभयो, प्रतिबद्धता रकम र भित्रिएको रकम र हामीकहाँ हुनेगरेका विभिन्न औपचारिक अनौपचारिक संवादमा चिनियाँ लगानीकर्ताको उपस्थिति बलियो छ ।

तथ्याङ्क अनुसार हालसम्म चीनबाट ९४ अर्ब ६७ करोड, हङकङबाट २८ अर्ब ६७ करोड र ताइवानबाट ५६ करोड रुपियाँ आउने गरी उद्योग दर्ता भएको देखिन्छ ।

 

अर्को छिमेकी मुलुक भारतबाट भने आव २०७५÷७६को अन्त्यसम्ममा ९४ अर्ब ११ करोड र तेस्रोमा दक्षिण कोरियाबाट १२ अर्ब ३२ करोड रुपियाँको प्रतिबद्धता आएको देखिन्छ । पछिल्लो समय चिनियाँ आकर्षण पूर्वाधार क्षेत्रमा पनि बढ्दो छ ।

 

चिनियाँ आकर्षण जलविद्युत्मा पनि उच्च रहँदैआएको छ । ऊर्जामा समग्र चीनबाट ६२ अर्ब १० करोड रुपियाँ ल्याउने गरी उद्योग दर्ता भएको देखिन्छ । चीनका लागि पूर्वराजदूत टङ्क कार्की भने चिनियाँ लगानीकर्ताले जनाएको प्रतिबद्धतालाई अनुगमन गर्ने र उनीहरूलाई आश्वस्त पार्ने कार्यमा सरकार अझै सक्रिय हुनुपर्ने बताउनुहुन्छ ।

 

नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ हो र यहाँ लगानी गर्न आवश्यक छ भन्ने नेपालमा लगानी गर्न चासो राख्नेले यो बुझेका छन्, उहाँले भन्नुभयो, उनीहरूको बुझाइलाई हामीले भरोसा दिएर आकर्षित गर्न सक्नुपर्छ । चीनले समतामूलक विकासलाई विश्वव्यापी बनाउन चाहेको उहाँको बुझाइ छ । चीन विकासका प्रतिफल साझेदारी गर्ने ढङ्गमा अगाडि बढिरहेको छ । हाम्रा प्रयास अब त्यसलाई नेपाल केन्द्रित गराउनुपर्छ, उहाँले भन्नुभयो ।

विश्व अर्थतन्त्रमा अग्रणी रहेको चीन पछिल्लो समय आफ्नो लगानी विश्वव्यापी विस्तार गरिरहेको छ । एक अध्ययन अनुसार अफ्रिकामा सन् २०१८ सम्ममा चीनले ६० अर्ब डलर लगानी गरेको छ । हाम्रा छिमेकी मुलुक बङ्गलादेश र पाकिस्तानमा पनि चिनियाँ लगानी राम्रो भएको देखिएको छ । दुई देशीय हित हेर्दै पाकिस्तानमा पहिलो चरणमा ४६ अर्ब डलर लगानीमा चीनले चीन पाकिस्तान आर्थिक करिडोर बनाउँदैछ ।

 

लगानी बोर्डका सीईओ अधिकारी चिनियाँ लगानीकर्ता आकर्षित गर्न विभिन्न प्रयास गरिरहेको र त्यसका सकारात्मक परिणाम देखिन लागेको बताउनुहुन्छ । जलविद्युत्, औद्योगिक पार्क, सिमेन्ट उद्योगजस्ता महìवपूर्ण क्षेत्रमा नयाँ परियोजना विकासको चरणमा गएका छन्, उहाँले भन्नुभयो, लगानी ल्याउनेमात्र होइन, त्यसले दिने प्रतिफल त्यसको दिगोपना र औचित्यता जस्ता कुरा पनि हामीले विचार गर्नुपर्छ ।

 

लगानी बोर्डमार्पmत हालै अध्ययन स्वीकृतिप्राप्त वल्र्ड बुद्धिस्ट पार्क, दमकको औद्योगिक पार्क, तमोर, तल्लो अरुणजस्ता परियोजनामा चिनियाँ लगानीकर्ताले चासो देखाइरहेका छन् ।गाेरखापत्रदैनिकमा खबर छ।