सरकारी अनुगमन प्रभावहीन दसैंमा व्यापारीको मनोमानी

काठमाडौं , असोज १६। बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन । हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ ।

 

दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ । दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिइरहेका छन् । बजार अनुगमनको जिम्मेवार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनको प्रभाव भएको दाबी गरे पनि उपभोक्ताले सरकरी अनुगमनको अनुभूति गर्न पाएका छैनन् ।

 

दसैं सुरु भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तु, हरियो तरकारीदेखि लुगा, कपडा चुत्ताचप्पलजस्तै सबै वस्तुमा व्यापारीले मनोमानी मूल्य लिइने गरेका छन् । हरियो तरकारी व्यावसायीले विभिन्न वहानामा बोडी, सिमीलगायत हरियो तरकारी र घिउको मूल्य दोब्बर÷तेब्बर बढाएका छन् ।यो समाचार राजधानीदैनिकमा खबर छ।