अरिंगालको टोकाइबाट बाजुरामा एकको मृत्यु, २ घाइते

बाजुरा,असोज १६ ।बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका अन्दाजी ५ वर्षीय समिर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहीबार बिहान मार्तडीको घर नजिकैको जगंलमा खेलिरहेको बेला अरिंगालहरु आएर टोकेको बताइएको छ ।

 

घाइते बनेका समिरलाई जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि बयालपाटा अस्पताल रिफर गरिएको थियो । तर, आफ्न्तहरु आउन ढिला भएकाले उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

 

अरिंगालले समिरको टाउको र शरिरमा टोकेको अस्पताल श्रोतलको भनाइ छ । अरिंगालको टोकाइबाट घाइते भएका अन्य २ जना विनोद थापा र कविता थापाको सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ ।