एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौं, असोज १७ । नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो ।

 

सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए । बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो । यस्तो सङ्ख्या निरन्तर तीव्र रूपमा बढिरहेको छ, उहाँले भन्नुभयो, बिहीबार पनि थप नयाँ स्थानमा फोरजी सेवा सुरु भएकोले फोरजीमा धेरै ग्राहक आबद्ध हुने देखिन्छ ।

 

टेलिकमको फोरजी÷एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पु¥याउने अधिकारीको विश्वास छ । टेलिकमले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा मात्र फोरजी सेवा सीमित राखेकोले यसका ग्राहक प्रतिस्पर्धी अन्य कम्पनीको तुलनामा भने बढ्न सकेका थिएनन् । गोरखापत्रमा खबर छ ।