क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मार्चाले बुझायो भारतीय दूताबासलाई ज्ञापन पत्र

काठमाडौं,मंसिर ९ । नेकपा क्रान्तिकारी  निकट  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले नेपालको कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत क्षेत्रमाथि गरेको अतिक्रमणका विरुद्ध मोर्चाले आज काठमाडौंको लैनचौरस्थित भारतीय दूताबासमा अतिक्रमित भूमि फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएको छ। यतिबेला देशव्यापी रुपमा आन्दोलन चलिरहेकाे छ।

 

स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा निरन्तर आवाज उठाउँदै आएको मोर्चाले चरणबद्ध रुपमा राष्ट्रिय स्वाधीनताको आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएको एक टोलीले भारतीय दूताबासका असिस्टेन्ट वेलफेयर अफिसर दिपक दासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको हो ।

 


भारतीय विस्तारवादका विरुद्ध नारा जुलुस लगाउँदै -यालीसहित लैनचौर पुगेका देजमोका अध्यक्ष सीपी गजुरेलले ज्ञापन पत्र बुझाएर  -यालीलाई सम्बोधन गरेका थिए ।

 

नेकपा (क्रान्तिकारी माओवादी) निकट सम्बद्ध सबै जनवर्गीय तथा मोर्चाहरुको नेतृत्व गर्दै गएको देजमोको -यालीमा जबस मोर्चाका नेताहरुको समेत उल्लेख्य रुपमा उपस्थिति र सहभागिता जानाएका थिए।