कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चारजना पक्राउ

कैलाली,मंसिर २६। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले  कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चार जनालाई पक्राउ गरेको हो।  

 

गोदावरी नगरपालिका( २ मा पर्ने बजार क्षेत्रको एक घरबाट कोठामा लुकाएर राखिएको अवस्थामा सात किलो चरेशसहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए।

 

उनकाअनुसार प्रहरीले दार्चुलाको मार्मा गाउँपालिका-१ घर भई अत्तरियामा डेरा गरी बस्दै आएका ३२ वर्षीय जसमलसिंह ठगुन्नाको कोठाबाट चरेश बरामद भएको हो।

 

नायब उपरीक्षक बिष्टले ठगुन्नासँगै मार्मा गाउँपालिका( १ कै २५ वर्षीय उकिलसिंह ठगुन्ना, २७ वर्षीय जीवनसिंह ठगुन्ना र अपी–हिमाल गाउँपालिका– ४ का २४ वर्षीय हिक्मतसिंह धामीलाई पक्राउ गरिएको बताए। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।