आज हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, पुस १६ । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

मौसम बदलि संगै वर्षारहिमपातको संभावना रहेकोले र यसकै कारण चिसो रही रहने हुनाले चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १६ गते बुधबार
दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती स् देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

पौष १७ गते बिहिबार

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राती स् देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पौष १८ गते शुक्रबार

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीस् देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।