छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ

 काठमाडौं,पुस १६। बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी छोरीले दिएपछि बाबु पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् ।

 

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्नेछ ।

 

बुबाको आमासँग राम्रो सम्बन्ध छैन भने २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् । बुबा ज्याला मजदुरी गर्छन् । तीन पटक बुबाले आफूमाथि करणी गरेको जाहेरीमा उल्लेख छ । सोमबार आफन्तसहित आएर उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ र स्वास्थ्य परीक्षण गरेको थियो ।अनुसन्धान अधिकृतहरुले  बुबाले कसूर स्वीकार्दै माफी मागेको बताएको छन् ।अ.ख,