विद्यार्थी नेताहरुलाई लगाइएका झुठा मुद्दा खारेज गरी अविलम्ब रिहाई गर्न देजमोको जोडदार माग

काठमाडौं,फागुन २२ । देशभक्त जनगणतान्त्रिक मोर्चा, (देजमो) नेपालले १ जना विदेशी दलालका उजुरीमा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै झुठा मुद्दा खारेज गरी ससम्मान उनीहरुलाई रिहाई गर्न सरकारसित जोडदार माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले बुधबार एक वक्तव्य जारी गर्दै थुनामा राखिएका विद्यार्थी नेताहरुलाई अविलम्ब रिहाई गर्न माग गरेका हुन् ।

 

वक्तव्यमा भनिएको छ,

यहि २०७६ फाल्गुन २१ गते नेपालको प्रहरीले १ जना विदेशी दलालको उजुरीका आधारमा नेपालको वामपन्थी विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेल र केन्द्रिय उपाध्यक्ष शीलु न्यौपानेलाई हिँडिरहेकै बेलामा बुढानीलकण्ठबाट गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाएर थुनामा राखेको छ । यस घटनाको हामी निन्दा र भत्र्सना गर्दछौं । यसले नेपालको प्रहरी प्रशासनले कसको इशारामा काम गरिरहेको छ भन्ने प्रश्न गम्भीर रुपमा उठाएको छ । थुनामा रहेका उपरोक्त विद्यार्थीहरु माथि लगाइएको झुठ्ठा मुद्दा खारेज गरी अविलम्व स–सम्मान रिहाईको लागि हामी ओली नेतृत्वको सरकारसँग जोडदार माग गर्दछौं ।