एकै दिन ५९० कोरोना संक्रमित उपचारपछि घर फर्किए

बेइजिङ ,चैत ८ । नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गम स्थल चीनमा शुक्रबार मात्रै ५९० जना बिरामी निको भएर घर फर्किएका छन् । चीनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५९० जना कोरोना भाइरस संक्रमित उपचारपछि घर फर्किएको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचार संस्था सिन्हवाले जानकारी दिएको छ।

 

सिन्हवाका अनुसार शुक्रबारसम्म ७१ हजार ७४० जना संक्रमित निको भएर फर्किएका छन् । ३२५५ जनाले यस भाइरसबाट ज्यान गुमाएको चीनमा अझै पनि ८१,००८ जना संक्रमित उपचाररत छन् । पछिल्लो २ दिन कसैले ज्यान नगुमाएको चीनमा शुक्रबार १० जनाभन्दा बढीको मृत्यु भएको छ। यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।