नेपालीको कोरोना भाइरसबाट बेलायतमा मृत्यु

काठमाडौं, चैत, ८ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

 

६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

 

उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईले अनलाइनखबरलाई बताइन् ।

 

लिलाबहादुर ब्रिटिस(गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

 

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

 

मृत्युको कारण कोभिड(१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

 

संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।ok,