लकडाउनमा कन्टेनरमा लुकेर बीरगञ्ज आएका ५२ जना पक्राउ

बीरगञ्ज, चैत १२ । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

काठमाडौंबाट भरतपुर–हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् । प्रहरीले लरीका चालक शीवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन्।