मुगुको खत्याड गाउँपालिकामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मुगु, चैत १६ । मुगुकाे खत्याड गाउँपालिका वडा नं. ४ जिउका बस्ने २० वर्षीय धर्मराज रावलले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो ।