कोरोना आशंका गरिएकी युवतीको मृत्यु

काठमाडौं ,चैत १७। वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी चन्द्रागिरि नगरपालिका १५ की युवतीको मृत्यु भएको छ ।

 

वीर अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने,हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ‌ं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।