नेपाल आयल निगमले इन्धनको मूल्य घटायो: यस्तो छ मूल्यसूची

काठमाडौं, चैत १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा १०–१० रुपैयाँले घटेको हो ।

 

निगमको सञ्चालक समितिको बैठकले गरेको मूल्य घटाउने निर्णय अनुसार अब पेट्रोल लिटरको ९६ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ८५ रुपैयाँ पर्नेछ ।

 

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल , डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

यस्तो छ नयाँ मूल्यसूचीः