बाजुरा जिल्ला अस्पतालका अध्यक्ष तथा नेकपाका नेता भरत थापाको दादागीरी: नेकपाको चल्छ भन्दै,क्रमचारीमाथी धम्की (अडियो सहित)

काठमाडाै ,चैत  २६ ।बाजुरा जिल्ला अस्पतालका अध्यक्ष तथा नेकपाका नेता समेत रहेका भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका बाजुराका लेखापाल प्रकाश भट्टलाई धम्क्याउनुका साथै अपशब्द प्रयोग गरेका छन् ।

नेकपा नेता थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाललाई भेटेर दुई थप्पड हान्ने धम्की समेत दिएकाे अडियो सावजनिक भएको छ ।

 

यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ अस्पतालका अध्यक्ष समेत रहेका थापाले भट्टलाई धम्क्याउदै भने यहाँ बस्ने मन छ कि छैन । उनी त्यतिमै रोकिएनन, उनले भट्ट्लाई सोधे, तपाई कहाँ हुनुहुन्छ , भेटेर दुई चडकन हान्नु पर्ने छ हातगोडा भांच्नु प्रर्ने छ ।

त्यस्तो मैले के गरे हजुर भनेर प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसंग छ भन्दै अध्यक्ष थापाले भट्टलाई धम्क्याएको स्वीकार गरेका छन् ।

 

मैले अहिले सम्झाएको मात्र हूँ, थापाले भने, मानेनन भने कारबाही गर्छु । उनले भने भट्टले गोप्य सरकारी प्रमाणहरु बाहिर ल्याएको बताए । उनले भने भनेको मानेन भने त्यस्ता व्यक्तिलाई म आफै तह लगाउछु । भट्टले भने आफूबाट कुनै गल्ती,कमजोरी नभएको पनि बताएका छन्। 

सुन्नुहोस अडियो सहितको धम्की