ग्यास, आलु र प्याज आयात दोब्बर

भैरहवा, बैशाख ६ । भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामाग्री आयात दोब्बर भएको छ ।

अतिआवश्यक सामाग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ ।

खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ ।

 

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । त्यस्तै, एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक आयात भए पनि डिजेल पेट्रोलको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत कमलबहादुर भट्टराईले बताए ।यो समाचार आजको नागरिक दैनिकमा खबर छ।