एक स्वास्थ्यकर्मीको नरहरीनाथ गाउँपालिकालाई मन छुने खुल्ला पत्र

 – छत्र ब. बिस्ट

नमस्कार ! म छत्र ब. बिस्ट । पेशागत रुपमा एक स्वास्थ्यकर्मी । नरहरीनाथ गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण नरहरीनाथ गाउँपालीकाका जनप्रतिनिधि ज्युहरुमा मेरो स- सम्मान छ । अहिले विश्व भरि काराेना भाइरस (कोभिड-१९ )को ठूलो महामारी भएलगत्तै हाम्रो देशमा भैरहेका गतिविधि लाई सुनेर सानो सल्लाह राखेको छु। स्विकार गर्नुहोला ।

 

 

कुनै आक्रोश रिस राग नभएर सुझाव सल्लाह राखेको छु। यति बेला देश र जनता काेराेना भाइरस (कोभिड १९) को मृत्युको जोखीममा परिरहदा देशमा उब्जिएका सबै समस्याहरु र ती समस्या बाट जनमानसमा पर्न गएको असरले गर्दा सबैको आत्मा रोइरहेको छ र यो समस्या मेरो गाउँपालिकामा पनि देखिने ऊच्च जोखीम छ।

सरकारले हरेक गाउँपालिकालाई १० लाख दिने कुरा गरे लगत्तै हरेक नागरिकमा खुसी त छायो तर गाउँपालिकाले गरेको कामले भने कति पनि मानिसमा सहजता आएको छैन । हरेक गाउँपालिकाले आफ्नो पालिका भित्रका मानिस केही काम बिशेष रोजगार गर्न होस, पढ्न होस या कुनै आफ्नो जिबिको पार्जन गर्न गएका छन् भने घर ल्याउने कुरा आयो र केही आदि ऊधी मानिसलाई घर पनि लिइयो यसरी घर लिएका स्थानीयलाई क्वारेन्टाइनको ब्यवस्था पनि गरियो तर बिडम्बना क्वारेन्टाईनमा भने नत राम्रो संग खानबस्न र ऊचित शौचालयको ब्याबस्था छ। शौचालय जादा क्वारेन्टाइन स्थलबाट गाऊ छिरेर धेरै टाढा रहेको गापाको शौचालयमा जाने गरेको सुनीयो।

म एक स्वास्थ्यकर्मी भएको कारण यस्तो खालको क्वारेन्टाइन स्थल बनाईदा त्यति ऊचित देखीन। क्वारेन्टाइनमा राखिएका मनिसलाइ मुख धुने पानी समेत नभएको कुरा सुन्नमा आउदा मेरो गाउँपालिकाले क्वारेन्टाइनको नाममा मानिसलाई गोठमा गोरु हुले झै हुलेर राखेको छ रे ।

यसरी असुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्नु भन्दा सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न दिएको भए राम्रो हुन्थ्यो होला किनकी घरमा त खान र बस्नको ब्याबस्था राम्रो हुन्थ्यो होला। लाग्छ की क्वारेन्टाइनमा राखिएका मान्छे सबै  काेराेना भाइरस (कोभिड-१९) बाट संक्रणमित हुन र हामिलाइ रोग सार्न आएका हुन जस्तो त्यहाँका सबै जनतामा त्यस्तो खालको कमजोर मानसिकता बनेको छ। म यति भन्छु की ! अध्यक्षज्यु तपाइँलाई जतिको सुरक्षा चाहिएको छ उतिकै क्वारेन्टाइनमा बस्ने सबैलाइ सुरक्षा चाहिएको छ र छिटो भन्दा छिटो सुविधा र सुरक्षायुक्त ऊचित क्वारेन्टाइनको ब्याबस्था गरिदीन म मनैदेखी अनुरोध गर्दछु। ता’की ऊक्त ठाऊका नागरिकमा त्रास नहोस। कोही पनी संक्रमित नहुन् कामना!