कविता: कठै यो बेला उखान टुक्काले दैश बन्दैन् ! देखाएर जनतालाई राहत मिल्दैनन् !

 

    -विष्णु विकिरण

उखानेले डमरु बजाउँदा नाँच्ने जुंगे रिसाएर

सहयात्री बन्न छाडेको हल्ला आएदेखि ठप्प बनेका छन्।

भजन मन्डल र नृत्य शाला भजन मन्डली बेसहारा बनेका छन् !

जमघट लकडाउन असरल्ल छन् ।

 

उखानेको उखान फेरिएको छ।

विदेशी आगन्तुक भाषामा बेरिएको छ!

नेपाली भजन को सुन्छ सुन्न छोडिएको छ।

हिन्दी वा अंग्रेजी गाना अगाडि बढेपछि नाच्ने रमाउने हो!

ती मन्डली चढेपछि चाइनिज त भाषा नै बुझ्नै गाह्रो!

भजनसंगीत त परको कुरा हो।

 

जुङ्गा मास्टर मानौं घर ज्वाईं बसेथ्यो कुजात भएर

कसैको चंगुलमा फसेथ्यो वुद्धि पु-र्याएर, सम्पति हडप्न पाउला कि!

अडकल बाजीले सब दाउ लाउला कि !

नत्र कि जोगी कि एक्लो बाँदरकै ताल होला !

पुङवाङ बनेर बेनामी हाल बेहाल होला।

 

देश संकटमा फसेको छ बिचरा !

कठै यो बेला उखान टुक्काले दैश बन्दैन् !

महामारी चलेको बेला राजनीति मेला

देखाएर जनतालाई राहत मिल्दैनन् !

त्यसैले नेता हो सत्ताको मात देखाएर हुँदैनन्।

भन्न थालिसके अब सडकबाट जनताले

सत्ता त राजाले नी गुमाएका हुन् क्यारे !

 

पञ्चलेनी होस उडाएका हुन् क्यारे

१०४ वर्ष राणालेनी चलाएकै थिए त

बाइसे चौबिसे राज्य विगतमा भएकै हो ?

१२ सालमा केशरजंग दरबार गएकै हो ।

सायद उसको लागि ठिकै थियो होला त्यो?

महेन्द्रको कु पनि लाग्छ नेता हेर्दा ठिकै हो!

 

९० सालको भूकम्पका पीडितले राहत मागे

राणाहरूले आफ्नो कोषमा संचिततिर लागे !

जनता उठे राणाशासनको मनोमानी विरुद्धमा

कान्डको वातावरण बन्यो त्यसै आधारमा !

 

अहिले देश र जनता जोगाउने नेताहरु खाँचा छन्

कोही कोही त छन् तर तिनीहरु शला काँचा छन्!

कोही कतै गुमनाम र बेतालमा थन्किएका छन्

भ्रष्ट बनेर दुङदुङ गन्हाउँदै झिङ्गा भन्किएका छन्।

 

 नेपाली कुकुरको विदेशी भुकाई बन्दैछन्

खाने थाल नहुँदा केजातिका कोपारो भन्दैछन्!

डलर भित्र्याउने खेलमा एनजीओ पेशेवर बन्छन्

जनता भोकै मर्दा अन्धो सरकार खै जनता चिन्छन्। 

 

एनिमल राइटका कुरा गर्छन् कोहीकोही मान्छे

गरिबीले मरिरहेका छन् अकालमै

ह्युमनराइटको अभियान चलाएर बस्छन्!

कतै डाटा संकलनमात्र दिए पुग्छनी भोकानाङ्गा कै

अभागी नेपाली जन्मेदेखि ऋण बोक्ने गर्छ !

बिचरा अभागी आफ्नो पीडा पोख्ने गर्छ।

 

संविधान कोर्छ बुझेर वा नबुझेर सरकार

गाँस,बास,कपास, शिक्षा, स्वास्थ्य र रोजगार !

सारा नेपाली जनताको कानुनी अधिकार

जसलाई राज्यले उपलब्ध गराउँछ मुलुकभर भनिएको छ !

तर भूकम्प र नाकाबन्दी हट्यो विश्नाम लिंदैछ कोरोनाले खै त लागू भयो।

 

उखानेले उखान गरेर हुने भए जुङ्गेले पुङ्गे !

गफ छरेर हुने भए उहिल्यै मुलुक कायापलट भइसक्थ्यो होला !

स्वीटजरल्याण्डको स्वरुपमा गइसक्थ्यो होला।