बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले राहत वितरणमा पनि राजनीति गर्दै : वास्तविक पिडीतले पाएन राहत

रमेश महतारा

काठमाडौ,बैशाख २०।आज लकडाउन भएको ४० दिन पुग्दा सम्म पनि स्वमिकर्तिक खापर गाउँपालिकाले अहिले सम्म उचित राहातको व्यवस्थापन र संचालन गर्न सकेको छैन। गाउँपालिकाको कार्यसमिति बैठक बस्छ तर कार्यसमितिको बैठक होकी नेकपा  पार्टीको बैठक हो त्यो निर्णय गरेको हेर्दा त्यस्तै देखिन छ।

 

त्यो बुझ्न गारो भएको एक विद्यार्थीले हामीलाइ भने स्पष्ट भनु पर्दा त्यो स्थानीय सरकार होइन त्यो त नेकपाको कार्यलय रहेछ राहात वितरण गर्नेको नाम लिस्ट हेर्दा हामीले त्यस्तै भान गरेका छौ उनले भने  तपाइलाइ विश्वस लाग्दैन भने एक पटक नाम लिस्ट हेर्नु होला भनी आग्रह पनि गरे र उनले भने हमीले चिनेका सबै नेकपाका कार्यकर्ता बाहेक अरूको त्यो लिस्टमा नामै छैन।

 

अनि  हामीले त्यो स्थानीय सरकार कस्को रहेछ भनेर बझ्ने जनताको की नेकपाको, त्यसलाइ स्थानीय सरकार भन्ने, की नेकपाको पार्टी कार्यलय भन्ने, हामी पनि त्यो गाउँपालिकाको बासिन्दा होइन र हामी पनि काठमाडौंमा पढ्ने विद्यार्थी होइन र उनले भने स्वमीकार्तिक खापर गाउँपालिका नेकपाको पार्टी कार्यलय जस्तै भएको छ।उनले भन्दै थिए काठमाडौंमा हामी पनि थियौ तर अहिले सम्म कसैले पनि सुनुवाइ गरेका छैन्,हेर्दा सबै राहत नेकपाका कार्यकतालाइ मात्र पठाएको हो की जस्तो पनि लागेको छ। त्यसैले होला सायद हामीहरूलाइ अहिले सम्म कुनै खबर नै छैन ।स्थानीय सरकार होइन स्वमीकार्तिक गाउँपालिका नेकपाको पार्टी कनर्यलय नै हो ।

त्यस्तै सिन्धुपालचोकमा मदुरी गर्दै आएका मान रोकायाको पनि त्यस्तै कथा छ। उनले भन्दै थिए सिन्धुपालचोकबाट काठमाडौ सम्म हिडेर आए अहिले जेनतेन होटेलमा बसेको छु। मजदुरी गरेर कमाको पैसा सकि सकेको छ।गाउँपालिकाका अध्यक्षलाइ फोन गरेर भने मेरो उदार गर्नु पर्यो म अलपत्र भएको छु खान,बस्न ठेगान छैन् भनेर गुनासो सुनाए तर अध्यक्षले तेरो मैले ठेक्का लिएको छुर भन्दै फोन राखे,तर फेरि पनि फोन गरे उठेन् त्यस पछि गाउँपालिकाका  सुचना अधिकृत कुमेर शाहीलाइ पनि फोन गरेर उनले उल्टै के नै गर्ने होर तह जस्तोले भन्दै फोन राखे भन्दै गुनासो सुनाउदै थिए गाउँपालिकामा त जनताको काम गर्न होइन मलाइ त गुडागर्दी गर्न बसे जस्तो लाग्छ उनिहरूले मलाइ थरकाको देखेर हामी गरिबहरूलाइ साथ दिने को नैहुन्छन् र । फेरि पनि चुनाव आउने हो त्यति बेला  तिनिहरूले देखाको व्यवार हामी पनि त्यति बेला देखाउला नि?

 

सरकारले देशै भरि रहेका र अलपत्र परेका नागरिकको लागि राहात प्याकेज घोषणा गरेको भन्दा सुनेको छु, तर मैले अहिले सम्म कहीँ कतैबाट राहात पाको पनि छैन भन्दै उनले भने हुनत हामीलाइ यता कस्ले राहात दिनछर आफ्नै गाउँपालिकाका अध्यक्षलाइ फोन गर्दा त कुनै सुवाइ हुदैन भने अरू कस्ले हाम्रो सुनुवाइ गर्छ भन्दै गुनासो सुनाउदै थिए। अध्यक्षलाइ फोन गरेर मलाइ नि राहात मिल्छ होला नि म बिरामी पनि छु भने तर अध्यक्षले भने बिरामी छु भनेर मात्र हुदैन बिरामी भए पुर्जा लिएर मात्र आनु अनिमात्र राहात पाइन्छ मजदुर भए सिपारिस लिएर आउनु अनि मात्र राहात पइन्छ नत्र राहात पाइदैन भन्दै फोन राखे म मजदुरी गरेर फर्केको मान्छे अब कस्को सिपारिस लिएर आउनु काम छोडेको त एक महिना भन्दा बढी भैसकेको छ ।

 

पैसा नएर अस्पताल जानपाको छैन्। कताबाट ल्याउनु विरामी पुर्जा अब तपाइ भनुहोस् मैले खाना नखाएर मर्नु पर्ने हो त।उनले थपे उनिहरूका कार्यकता भए केही नचाहिने तर हामी सवसाधारण जनतालाइ यो चाहीँयो उचाहीयो भन्दै भुलाउने अब हामीलाइ पनि थाहा छ अर्को निर्वाचन पनि आउला नि ? अहिले गाउँपालिकामा चरम भ्रष्टचार भएको छ। त्यो कसले देख्ने विकासको नाममा यिनीहरूले कार्यकर्ता पाल्ने बाहेक अरू काम के नै गरेका छैन्न र ।

 

त्यस्तै कठमाडौंको तारकेश्वर नगरपालिका वडा नं। ४ मा मजदुरी गर्ने १५ जनाको पनि त्यस्तै छ। हालत उनिहरूको अहिले पनि बास पालपुनि नै छ। उनिहरू भन्दै थिए सबै ठाउँका स्थानीय तहले आफ्ना नागरिकको उदार गरे तर हाम्रो गाउँपालिकाका छोटे राजाहरूले अहिले सम्म पनि कानमा तेल हालेर बसेका छन्। उनिहरूलाइ हाम्रो के मतलव भ्रष्टचार गर्न पाए पुग्छ युवाहरूलाइ रोजगार दिने नाममा लाखौं रकम भ्रष्टचार गरेका छन् ।

 

अहिले उनिहरूका कार्यकर्ता भए पुग्छ निर्वाचन आएको वेला मात्र हो हाम्रो खोजी हुने अहिले पाल पुनि बसेका हामी मजदुरको कहाँ खोजी हुन्छ र अहिले पनि राहत पठाएको छकी छैन हमीलाइ केही थाहा छैन हामी मजदुरी गरेर खाने मान्छे हामीलाइ के थाहा हुनु न फेस्बुक चलाउन आउ छ न हामी सँग फेस्बुक चलाउने मोबाइल किन सक्ने हैसियत नै छ हामीलाइ त एउटा मात्र पिर छ। छोरा,छोरीलाइ कसरी पढाउने र घरपरिवार कसरी चलाउने भन्ने एक मात्र पिर रहेको उनिहरूको गुनासो रहेको छ।

 

उनिहरू भन्दै थिए छोटेराजाहरूले हामी जस्ता गरिब मजदुरको किन कुरा सुनछन् र तपाइहरूले भन्दै हुनुहुन्छ गाउँपालिकाबाट राहात वितरणको लागि पहल भएको छ। तपाइहरू पनि फर्म भर्नुहोला भनेर तर हामीलाइ न फर्म भर्न  आउ छ न हामी सँग त्यस्तो मोवाइल नै छ।अब हामीले कसरी फर्म भर्ने हो हामीलाइ थाहा छैन ।उनिहरू भन्दै थिए । यो पैसा हाम्रो लागि पठाएको होइन उनीहरूका कार्यकर्तालाइ पठाएको होला नि हामीलाइ पठाएको भए त हाम्रो खोजी गरेर हामीलाइ दिन आउथे होला नी हामीले तपाइहरूले भनेर मात्र अहिले थाहा पाएका हुँ नत्र हामीले काहाँबाट थाहा पाउनु अझै पनि कसैले खबर गरेर राहात दिए भने पनि ठिकै छ नत्र यो राहात उनिहरू कै कार्यकर्ता खलान नी ।

 

हामी मजदुरलाइ न फर्म भर्न आउ छ न लेख्नै आउछ ठिकै छ।फर्म भर्न आउनेले मात्र पाउने भए उनिहरू मात्र खालान हामी जे हुन्छ त्यही गरौंला कहीँ कतैबाट छोटे राजाहरूका कार्यकर्ताले दिए पछि ठिकै छ नदिए पनि हामी मजदुरले काम नगरेर खान पाइदैन ।

कसरी गर्ने भन्ने बारेमा पूर्ण रुपमा यो गाउँपालिकाले प्रष्टरुपमा सबैसामु जानकारी दिन सकेको छैन।जनप्रतिनिधि काजमा निर्णय गर्छन ,कार्यकर्ताहरु फ़्यसबुक रंग्याउने काम मात्र गर्छन भने अर्कोतर्फ़ मजदुरहरु अलपत्र छन् बिद्यार्थी भोकभोकैको अवस्थामाछन्।

मजदुरकाे हालत यस्ताे छ।

लक्डाउनको बेला काठमाडौँबाट १ वटा बस मात्र गाउँपालिका तर्फ़ जान सफल भएको थियो ।उनीहरु सब आफ्नो निजि पैसा तिरेर आफ्नो घर फर्कीएका थिए भने बाकीँ रहेकालाइ गाउँपालिकाबाट निशुल्क घर फर्काउने भन्दै पार्टीका  कार्यकर्ताहरुले सामाजिक सञ्जजाल फेस्बुमा घर जाने हो भन्दै फेस्बुक भरी लेखेर रंगग्याउन पुगेका थिए ।तर  फेस्बुक रगंग्यउने काम मात्र भएको थियो, न उनीहरुले व्यवस्थापन गर्न सके न गाउँपालिकाले ठोस निर्णय दिन सक्यो खाली घर फरकाउने अपवाहा फैलाउने प्रचारवाजी गर्ने काम मात्र गरेका थिए। आफ्ना नजिकका आसेपासे र कार्यकर्ताको मात्र  नाम संग्कलन गरेको देखिन्छ राहात वितरणको नाममा आफ्ना कार्यकर्ता पोस्याउने काम बाहेक अरू केही देखिदैन  गाउँपालिका होकी नेकपा कार्यलय हो त्यो अब पहिचान गर्ने वेला आएको छ।  

 

त्यस्तै काठमाडौंमा मजदुरी गर्दै आएका स्वामीकार्तिक गाउँपालिकाको कार्यलय नजिकै घर भएका प्रेमनाथ योगी र उनिसँग मजदुरी गर्नेहरू ४० दिन देखि पालमुनि सुतेर रातबिताएका छन्। तर सम्बन्धित निकाएले कानमा तेल हालेर बसेको छ, भन्दै गुनासो र पिडा सुनाउदै भन्दै थिए हाम्रो पिडाको के मदलव हुन्छ र छोटे राजाहरूलाइ उनि भन्छन् हामि मजदुरको पिरमर्का के थाहा उनिहरलाइ भ्रष्टचार गर्न पाए पुग्छ र उनिहरूका कार्यकर्ताले त हामी निशुल्क घर लग्छौ भन्दै खुबै हाल्ला गरेका पनि सुनेका थियौ तर अहिले कता गए खै उनले भन्दै थिए। हामीले त स्थानीय सरकार मजदुर,विद्यार्थी,गरिब, असाय सबैको हो भन्ने ठानेका थियौ तर पार्टीका कार्यकर्ताको मात्र रहेछ भन्ने अहिले आएर पुष्टी भएको छ। 

 

गाउँपालिकाले कुनै वास्ता नगरेका अलपत्र परेका अन्य धेरै मजदुरहरुको यस्तो धेरै पिडा, गुनासाहरू छन्। उनिहरू भन्दै थिए जब लकडाउन भयो हामीले गाउँपालिकाका अध्यक्षलाइ फोन गर्दा हाम्रो हरिविजोग भइ सकेको थियो।तर पनि हामीले गाउँपालिकाका अध्यक्षलाइ फोन सम्म सम्पर्क गरेर हामी अलपत्र परेका छौ ।हाम्रो उदार गर्नु पर्यो भनेर भनेका थियौ तर उनले हामी व्यवस्थापन गर्न सक्दै नौ भन्दै गैर जिम्मेवार जवाफ दिएर फोन राखे अहिले सम्पर्क गर्दा उनको फोन उठ्न नै छोडेको मजदुरहरू गुनासो सुनाउदै थिए ।

मजदुरकाे हलत यस्ताे छ।

त्यस पछि हमीले गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीलाइ फोन सम्पर्क गर्यौ र उनलाइ हामीले प्रश्न गरेका थियौ देशै भरका गाउँपालिकाले आफ्ना अलपत्र परेका नागरिको उदार गरिसकेका छन् ,तपाइहरूले के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरे उनले सुरूमै प्रति प्रश्न गरेर भने तपाहरू पनि केर्दै हो मैले भने म सञ्चारकर्मी मैले मेरो काम गरेको छु। भनेर मैले उनलाइ प्रश्न गरे तपाइले गाउँपालिकामा के(के गर्नु भएको छ।तपाइका गाउँपालिकाका नागरिक काठमाडौं लगायतका ठाउँमा अलपत्र परेका छन्।काठमाडौंमा रहेका मजदुर रातभरि सुत्नु भन्दा पनि पाल हावाले उडाउछकी भनेर च्यापेर बसेको गुनासो सुनाउदै थिए र हामीले पनि प्रतक्षे उनिहरूको पिडा महसुस गरेका थियौ। त्यसैले मैले तपाइलाइ अहिले फोन गरेर के निर्णय गर्नु भयो भनेर फोन गरेको भन्दै थिए।

 

उनले फोन राखिहाले त्यस पछि मैले फेरी दुइ,तिन पटक सम्म फोन गरे तर फोन उठेन त्यसपछि लगतै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्नो मतिहार राखेको एक जना पत्रकार अनिल शाहीले मलाइ फोन गरेर भन्दै थिए। किन तपाइले गाउँपालिकाको अध्यक्षलाइ फोन गरेर काम गरेन भनेर भनेको रहेछ ,अहिले यस्तो बेला के काम गर्ने होर भनेर भन्दै थियो। मैले भने यो संकटको बेला जनताको काम नगरेर कहिले गर्ने होर भनेर भनेको थिए। खालि फोन के गर्नु भनेर अध्यक्षको बचाँउ गर्दै कुरा गरि रहेको थियो मैले पनि भनेको थिए ।

 

तपाइलाइ फोन गरेको होइन मेरो कुरा गाउँपालिकाको अध्यक्ष सँग हो म पनि त्यो गाउँपालिका भित्रको नागरिक हो उहाँ जनप्रतिनिधि हो सबै नागरिकले फोन गर्न पाउने आफ्ना कुरा राख्न पाउने उतिकै अधिकार छ । एक जनाको अध्यक्ष होइन तपाइको हो अध्यक्षलाइ फोन नगर भन्ने म पनि पत्रकार हो तर तिमी जस्तो झोले पत्रकार होइन भनेर जबाफ दिए उ पनि म पत्रकार हो भनेर भन्ने हो भने स्वतन्त्र हुन जरूरी छ । एउटा पत्रकारको दाहित्व त्यो होइन, तिमी पत्रकार हो भने एक जनाको पछि लग्ने होइन,देश र जनताको लागि वकालत गर्ने काम हो?

यस्ताे छ नेकपाका कार्यकतालाइ राहात वितरण गर्न गाउँपालिकाले दिएकाे बैधानिक लिस्ट।सबै नेकपाका कार्यकता भएकाे पुष्टी ।

त्यस्तै काठमाडौंको चाबहिलमा अध्यानरत बाजुराका विद्यार्थी  रमेश ठकुरी लगायतका १२ जना विद्यार्थी अहिले सम्म घर फर्काउने आस्वासन मात्र दिएर हामीलाइ भुलाए  भनेर गुनासो पोख्दै थिए। अहिले हामी सँग न खाने चामाल छ न खाना पकाउने ग्यास छ,अहिले आएर गाउँपालिकाले विद्यार्थीलाइ २००० दिने निर्णय गरेको रहेछ।त्यो भन्दा त हामीलाइ दाल चामल,ग्यासको व्यवस्था गरिदिएको भए हुने थियो नि २००० पैसाले ग्यास किने चामल केले किन्ने चामल किने केले पकाएर खाने समस्या त छ तर त्यो पनि कहिले पाउने हो केही अत्तो पत्तो छैन। फोनमा पैसा छैन् रिचार्ज गर्नलाइ खल्तिमा पैसा छैन् । अब त्यो २००० पैसा पनि कसरी को सँग सम्पर्कगर्ने कसरी कागजपत्र पठाउने गाउँपालिकाले के गर्न खोजेको हो कुरा बुझ्न पनि गारो भएको छ। अब तपाइहरू पनि भनुहोस् न हामी सगँ न इन्टनेट छ न कम्युटर नै छ हामीले अब कहाँ बाट कसरी पठाउने कागजपत्र कि यति गर्नु थियो भने नदेको भए पनि हुन्थ्यो नि। दिने नै हो भने अरू छिमेकी गाउँपालिकाले जसरी दिएका छन्। हामीलाइ पनि त्यसरी दिएको भए हुने थियो नि अहिले हेर्दा त आफ्ना कार्यकर्तालाइ मात्र दिएको होकी भन्ने भान हुन थालेको उनले गुनासो सुनाएका छन्।

 

गाउँपालिकामा यस्ता धेरै समस्या छन् सहकार्य गरेर अगाडी बढ्न र सबैका सुझाब सल्लाहलाइ मन्न गर्न जरूरी छ ।स्थानीय सरकारले राजनिति गर्ने होइन जनताको सेवा गर्ने होरु त्यसैले हामी सबै स्थानीय तहलाइ अनुरोध गर्दछौ की राजनिति गर्न छोड्नु होस् ।अब जानताले तिरेको करको सम्ममान गरेर जनताको सेवा गर्नु होस् तपाइ जनप्रतिनिधि भए पछि जनताको सेवा गर्ने हो आफ्ना कार्यकर्ताको मात्र सेवा गर्ने होइन सबै जनताको सेवा गर्ने दाहित्व जानप्रतिनिधिको हो।त्यसैले जनताले तपाइहरूलाइ आफ्नो अमुल्य भोट दिएर जिताएका हुन अहिले दुख परेको वेला छोटेराजाले कुनै सहयोग नगरेको काठमाडौमा रहेका मजदुर,विद्यार्थीहरूको गुनासो यस्तै नै छ।

मजदुरकाे हालत यस्ताे छ।

त्यस्तै गाउँपालिकाले राहात वितरण गर्ने नाममा आफ्ना कार्यकताको घर घरमा नुनका बोरा पठाएको पनि खुल्लन आएको छ ।कतिवेला सिमी साट्न त कति वेला अन्य विभिन्न वाहाना गर्दै नुन कार्यकर्ताको घर- घरमा पुगाए पछी वडा नंं ५ मा  नुन पठाउन गाउँपालिकाका अध्यक्ष देखि कर्मचारिको मिलेमोतो देखिएकाे थियाे । हामी त्याे विषयमा फलाे गर्दा पछि मिलेमाेताे मै नुन उनिहरूका कार्यकर्ताले लिएकाे खुल्न आएको थियाे। त्यस पछि सर्वसाधारणलाइ पनि सक्ने भए नुन लिएर आउनु भन्दै चुनौति दिएको खुल्न आउने बितिकै गाउँका समाजसेवी गम्म महताराले प्रतिवाद गरि गरिब जनतालाइ नुन वितरण गरेको उँहाले जानकारी दिनुभयाे।

 

त्यसैले समस्यामा परेका अलपत्र परेका सम्पर्ण मजदुर,विद्यार्थीहरूको समस्या छिटो भन्दा छिटो सम्बन्धित निकायले सामाधान खोज्नु पर्छ।गाउँपालिकाले वितरण गर्ने राहात कार्यकर्ता मुखी हुने देखिएको छ। राहातमा राजनिति नहोस् सम्पूर्ण पिडामा परेका वास्तविक पिडीतलाइ राहात वितरण होस् भन्ने हाम्रो कामना छ।