प्रधानमन्त्रीले आत्मालोचना गरे,बामदेबलाई प्रतिनिधिसभा सदस्य बनाउने

काठमाडौं,बैशाख २१ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

 

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्दै बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधीसभामा लैजाने धारणा राखेका थिए ।राजधानी दैनिकमा खबर छ।