लकडाउनको असर गर्भवती र सुत्केरी महिलामा : साथै समाधानको उपाय र सुझाव

रेनु सिंह  – स्वामिकार्तिक, ५ –  बाजुरा

हाल-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला – बि. एम. एस – दोश्रो बर्ष 

 

–  विश्व अहिले जल्दो बल्दो काेराेना (काेभिड – १९) महामारी सँग लडिरहेको बेला जनताहरुमा प्रतक्ष्य तथा अप्रत्यक्ष रूपमा असर परिरहेको छ, भने विशेष गरी गर्भवति तथा सुत्केरी  महिलाहरुमा पनि  प्रतक्ष रूपमा असर परेको पाईन्छ। 

 

गर्भवती अवस्थामा सारीरिक, मानसिक, सामाजिक रुपमा स्वस्थ संगै स्वस्थ बच्चा जन्माउने उद्देश्यका साथै विश्व स्वास्थ्य संगठनले गर्भवती जाँच ८ पटक सम्म गराउँदै आएको छ भने तत्काल भने ४ पटक सम्म सुत्केरी जाँच गराउनु पर्ने नियम लागू भइसकेको छ ।

हाम्रो जस्तो विकासोन्मुख देश नेपालमा  मातृ मृत्यु दर (1996 AD) मा एक लाख आमा मध्य ५३९ जना थियो भने (2016 AD)  मा भने विभिन्न संघ संस्था तथा नेपालको स्वास्थ्य विभागको पहलमा एक लाख आमा  मध्य २३९ जना आमाहरूको ज्यान गुमाउन परेको छ भने, SDG ( sustainable development goal) को १५ बर्से योजना अनुसार (2030 AD) सम्ममा मातृ मृत्यु दर ७० पुर्याउने लक्ष्य समेत रहेको छ ।

ज्यान गुमाउने कारणहरू जस्तै:   समयमा चेक जाँच नगर्दा , रक्तअल्पत्ता,पाठेघरको संक्रमण, बच्चा खस्दा  पाठेघरबाट  धेरै रगत बग्नु ,स्वास्थ्यकर्मी र स्वास्थ्य सेवा विभाग को पहुँच नहुनु,उच्च रक्तचाप,  घर परिवारमा समयमै निर्णय लिन नसक्नु तथा भाैगोलिक विकटताका कारण समयमा अस्पतालमा पुर्याउन नसक्नु नै मुख्य कारण  हुन्।

त्यस्तै लकडाउनका बावजुत गर्भवति महिलाहरू तोकिएको समयमा स्वास्थ्य जाँच गर्न नपाउँदा भने कहाँली लाग्दा  व्यापक समचारहरु सुन्न र पढ्न पाइन्छ। समयमा जाँच गराउन नपाउँदा गर्भवति महिलाहरू मा लाग्ने धनुष्टंकार र भ्यागुत्ते रोग विरुद्ध दिइने खोप (TD) नामक बाट पनि बञ्चित हुनुपरेको अवस्था छ । गर्भवती महिलाको अवस्था चेक जाँच गरी आमा र पेटमा भएको बच्चाको अवस्थाको बारेमा जानकारी लिन सकिएको छैन भने बच्चा पेट मा ३ महिना पुरा भइसकेपछि आइरन क्याल्सियम र जुकाको औषधी बाट पनि कतिपय गर्भवती महिलाहरु बञ्चित छन्।

 

लकडाउन कै कारण ढिलो अस्पताल आउँदा बच्चाको  पेटमै मृत्यु भइसकेको अवस्था तथा औषधी को प्रयोग गरेर abortion गराउँदा समेत पाठेघर  संक्रमण तथा रक्तअल्पता को बिरामी भएर अस्पताल को सैयामा बस्नु परेको अवस्थाहरू सुन्न पाईन्छ भने अर्को तिर गर्भवती अवस्था आफै पनि जाेखिम अवस्था हो।त्यसैमा पनि कोरोना को उच्च जोखिम छ। अर्को तिर आवश्यक मात्रामा स्वास्थ्य कर्मी हुँदा पनि गर्भवती को सहजको निमित्त भने सबै जिल्लाहरुमा अझै परिचालन गर्न सकिएको छैन यो  समस्याको समाधानमा स्वास्थ्य सेवा सँग सम्बन्धित निकायले ध्यान आकर्षण गर्न जरुरी देखिन्छ।

गर्भवती अवस्थामा मात्र नभई सुत्केरी भइसके पछि कम्तीमा पनि ३ पटक जाँच गराउनु पर्ने हो।

पहिलो जाँच बच्चा जन्मेको २४ घण्टा भित्र ।

दोश्रो जाँच बच्चा जन्मेको ३ दिनमा ।

तेस्रो जाँच बच्चा जन्मेको ७ दिन देखि ६ हप्ता भित्र ।

सुत्केरी जाँच गर्नुको मूख्य उद्देश्य भनेको सुत्केरी अवस्थाा मा आइपर्ने विभिन्न प्रकारका समस्या हरू जस्तै: योनिमार्ग बाट धेरै रगत बग्नु , स्तन गानिनु , पिसाप पोल्ने,  हात खुट्टा झम्झम्याउने , खुट्टा को नसाहरू सुन्निनुका साथै बाटारिनु , आमाले बच्चालाई दूध चुसाउन नमान्नु , झरकिनु तथा रिसाउनु ,बच्चाले दूध नचुस्नु , आमाले  एक्लोपन महसुस गर्नु  जस्ता समस्या को समाधान गर्नु हो ।
   
  लकडाउनले सुत्केरी जाँच मा पनि तटस्थ रुपमा असर पुर्याएको छ।

२ बर्ष मुनीका बालबालिका मा पनि रोगप्रतिरोधात्मक क्षमताको निम्ति लगाइने खोपहरु समेत समयमा लिन सकेका छैनन्।

समस्या आउनु परिकल्पना नगरिएको कुरा हो तर समस्या आउन नदिन हामी कल्पना गर्न सक्छौं ।

त्यसैले गर्भवती अवस्थामा  निम्न उपाय अपनाउनुहोस्:

१- पोषण युक्त खाने कुराहरू खाने, जस्तै : हरिया सागपात , पहिला फलफूल, माछा , मासु, अण्डा, गेडागुडी तथा झोलीलो पदार्थ, दूध तथा दूध बाट बनेका परिकारहरू ,  अर्गानिक खाने कुरा आदि ।

२- गरौं भारी नबोक्ने ।

३- प्रसस्त मात्रामा पानी पिउने ।

४- एक्लोपन महसुस नगर्ने तथा तनाव नलिने ।

५-  आइरन र क्याल्सियम को प्रयोग गर्ने ।

६- प्रसस्त मात्रामा आराम गर्ने तथा सुत्ने ।

७- कुनै पनि औषधीको प्रयोग गर्न परेमा स्वास्थ्यकर्मी को सल्लाह लिएर मात्र गर्ने ।

८-   सुत्केरी अवस्थामा आउन सक्ने समस्या बाट सहजै व्यवस्थापन गर्नको लागी   बचत गर्ने बानी बसाल्ने

९- जन्म पूर्व को तयारी गर्ने ।

१०- गर्भ को शिशु नचलेको संका लागेमा तुरुन्त स्वास्थ्य सेवा निकाय सँग सम्पर्क राख्ने ।

११- माथि उल्लेखित कुनै किसिमका समस्याहरू देखिएमा नजिकै को स्वास्थ्य संस्था मा गएर समयमै  समस्या को समाधान मा लाग्ने।

१२-  काठमाडौं को थापाथलस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा निःशुल्क रूपमा टोल फ्रि नम्बर १६६००१०००४६ सञ्चालनमा ल्याइएको छ,यो सहयोग सृजना गर्नुहुने एनटिसी, प्रसूति गृह निर्देशक, र  निसोग लाई धन्यवाद का साथै यो नम्बर मा कल गरेर तपाईंका सम्पूर्ण समस्याको बारेमा जानकारी लिन सक्नु हुनेछ।

यो विषम परिस्थितिलाई सहज रुपमा टार्न सक्यौं भने आशा गरौं पक्कै पनि भोलिका दिनहरू खुसी अनि सूखी बन्ने छन् ।