पलाँता गाउँपालिका अध्यक्ष बमको स परिवारमाथी हातपात

कमल कोपिला-

कालीकोट,बैशाख  २७ | कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा र बमकी धर्मपत्नि माथि हातपात भएकाे छ ।

 

सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष बममाथि हातपात भएकाे हाे । झडपका क्रममा आधा दर्जन बढी घाईते भएको बताइएको छ ।

 

स्थानिय बासिका अनुसार राडुनेटा देखि धौलागाउँ हुंदै खिन छहड्नेसम्मको सडक निर्माणका क्रममा सो विवाद भएको बुझिएको छ ।

झडपका क्रममा स्थानिय वासि र पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम लगायतको कार्यदल विच झडप हुदा आधा दर्जन घाईते भएका छन सोही कुरामा वादविवाद भएपछी पलाता गापा कै वडा न. १ का अध्यक्ष मान बहादुर भण्डारीले अध्यक्षलाई हातपात गरेको र त्यसपछि विवाद बढेको जानकारी आएको छ ।

 

अबस्था तनाबग्रस्त भएपछि जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोलि पठाइएको बताइएको छ । वडा न. १ का वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँपालिका अध्यक्ष विचकोे अन्तरद्धन्द विगत लामो समयदेखि हुदै आएको बुझिएकाे छ ।

 

अहिले गाउँपालिका अध्यक्ष बमलाइ स्वास्थ्य चाैकिमा राखेकाे बताइएकाे छ भने बमकी श्रीमती पनि घाइते भएकाे बताइएकाे छ । हातपात गर्ने वडा अध्यक्ष मान बहादुर भन्डारी भने फरार रहेकाे बताइएकाे छ । घटनाकाे थप बिबरण आउन बाँकी छ ।