राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पस्तुत गर्दै,स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राख्ने

काठमाडाैं,जेठ २। नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरिरहेकी छन्।

 

  संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढेर सुनाइरहेकी छन्।सरकारले यसवर्षको नीति तथा कार्यक्रममा कोभिड-१९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता दिएको छ।

 

त्यस्तै रोजगारी श्रृजना गर्ने कार्यक्रम र कृषिलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ।सरकारले नीति तथा कार्यक्रममा विदेशबाट आउने नेपाली र ट्रेकिङ क्षेत्रका मजदुरहरुलाई रोजगारी श्रृजना गर्ने कार्यक्रम समावेश गर्ने तयारी गरिरहेको छ।

 

कृषिमा ऋण देखि, उत्पादन बिक्री नभए सरकारले किन्ने लगायतका कार्यक्रम घोषणा हुँदैछ।सरकारले कोरोनाको सबैभन्दा ठूलो मार परेको पर्यटन क्षेत्रमा पुनस्थापनाको कार्यक्रम ल्याउने तयारी गरेको छ।

 

कोरोनाको मार परेको पर्यटन क्षेत्रलाई पुर्नजीवित पार्न आन्तरिक भ्रमण वर्ष मनाउने प्रस्ताव सरकारको छ।त्यस्तै सरकारले सिचाइँ र उर्जाको खपत बढाउने गरी कार्यक्रम घोषणा गर्ने भएको छ।