मकवानपुरमा पहिलो पटक थप एक जना कोरोना संक्रणमित पुष्टि

काठमाण्डौं,जेठ,२ ।नेपालमा आज थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

यसरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो।

संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन । बाँकेमा १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्र्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो भने बाँकेमा योसँगै संक्रमितको संख्या ३३ पुगेको छ ।
हालसम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३,३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २,२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एक,एक जनामा संक्रमण पुष्टि भएको छ ।