कोरोना विशेष कविता : सरकार छिटो- छिटो सामाग्री ल्याईदेउ !

कविता-

 

एक्कासि आयो उच्च नै ज्वरो, शरीर कापेर
एक सय चार थियो है ज्वरो, हेर्दा मै नापेर
घाँटी नि दुख्यो शरीर दुख्यो, सहिन खपन
कोभिड १९ हो कि यो भनी,चिन्तित मपन

 

शंकाको भरमा अस्पताल गई, परिक्षण गरियो
तीन दिन पछि नतिजा आयो,चिन्ताले मरियो
हतारमा हतार नजिता सुने, रहेछ लागेको
त्यहाका डाक्टरहरुले मलाई, लोकेशन मागेको

 

चिन्ताले मलाई भुतुक्क पार्यो, मन भयो दुखित
अस्पतालबाट नर्स र गाडि , लिन आयो मकित
छिटो गर्नु भन्दै लग्यो मलाई , नर्सको गाडिमा
सपना मेरा चक्नाचुर नै भए, बगायो बाढिमा

 

बेसेको घर सिल नै गर्यो, संगै नै टोल छिमेक
त्यो टोललाई पुलिस देखि,अरुको रेखदेख
घरका सबै जहानलाई, परिक्षण गरियो
कोरोना भको परिवार भित्र, म मात्र परियो

 

मेरो नै कामले मलाई अहिले,कोरोना लागेको
पछुतो लाग्छ अहिले मलाई , घर बाहिर भागेको
न जहान आउछन भेट्न मलाई,न भेट्न साथिनै
अमनले मलाइ पट्कै पार्यो,दिन अनि रातिनै

 

जहान अनि दौतरि संग रमाई , बसेको
बिनाकाम मा बाहिर जादा, यो रोगमा फसेको
मरेमा अब लास मेरो हेर्न पाइदैन कहिल्यै
घर बाहिर नजाऔ बिनाकाम ,सचेत हो पहिल्यै

 

चौध दिन सम्म एक्लै हो बसाइ, एक्लै हो सुतिने
आउने छु घर कोरोना भाईरस,भाग्यले उथिने
घर आउन पाउछु तीन पटक सम्म,कोरोना नभए
के चाहिने होला त्यो धन र दौलद, म आफै नरहे

 

बिन्ति छ साथि बिन्ति छ संगि, घर बाहिर नजाऔ
शंकटको बेला बाहिरका मान्छे,आफ्नो घर नल्याऔ
सकिन्छ भने मासु र माछा खान पिनमा नखाऊ
नधोई हात नधोई खाना मुख सम्म नलाऊ

 

यो रोगलाई जित्न लागौ है सारा ,विश्व नै एकजुट
न बालक भन्छ न बृद्ध भन्द , छैन है केही छुट
साबुन पानी लगाई हात मुख, धुई रहौ घरबाटै
साथि भेट्दा नमस्कार गरौ ,एक मिटर परबाटै

 

छिटोमा छिटो सरकार तिमी, सामाग्री ल्याईदेउ
तिन करोड जनता पिसिआर गरि, छिटो नै भ्याईदेउ
भोकै छन जनता विदेशमा धेरै ,नेपालमै बोलाउ
हरेक गाउँमा एक एक राम्रो क्वारेन्टाइन खोलाउ !