नेपाली युवा दिवेश अमेरिकन आइडलको फाइनलमा : उपाधिका लागि भोटिङ खुल्ला

काठमाडौं,जेठ ५ । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली युवा  दिवेश पोखरेल टप ५ मा प्रवेश गरेका छन्। टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

 

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

 

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

 

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन्।