नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ‌,जेठ ७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण भएको हो ।नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

 

ललितपुरका भनिएका ती व्यक्ति चिकित्सक हुन् । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।