अतिक्रमित भूमिबाट भारतालाई फिर्ता पठाउन र एमसीसी सम्झौता संसदबाट पारित नगर्न,चार किसान संगठनहरुको माग (संयुक्त बक्तब्यसहित)

काठमाडाै,जेठ ८। अहिले नेपाली जनता खासगरी किसान र मजदुरहरु ‘भाइरस र भोक’ दुबैबाट उत्पीडित भएका छन् । कोरोनाबाट त समग्र मानव समुदाय आक्रान्त भएको छ तर किसान र मजदुरहरु भने कोरोना(भाइरस) र लकडाउन गराएर सरकाले जनतालाई उचीत राहत वितरण नगरेकाले भोकबाट उनीहरु उत्पीडित भएका छन् । यस्तो परिरिथतिमा नेपालको दक्षिणतर्फको छिमेकी भारतले नेपालको सार्बभौमिकता र भौगोलिक अखण्डतामा नाङ्गो हस्तक्षेप गर्दै आएको छ र नेपालको अखण्ड भूभाग– कालापानी, लिम्पियाधुरा र लिपुलेकमा आफ्नो सेना पठाएर नेपालसित युद्धको घोषणा गरेको छ । नेपाल सरकारले पनि यो विषयलाई अहिले(ढिलै भएपनि) नेपालको नयाँ नक्शा जसमा भारतले दावी गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्शा प्रकाशित गरेर एउटा राम्रो कामको थालनी गरेको छ । अब बलियो कुटनीतिक पहलद्धारा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमिबाट भारतालाई फिर्ता पठाउन लागी परोस भन्नेमा नेपालका चार किसान संगठनहरुको सरकारसंग जोडदार माग गरेका छन् ।


त्यसैगरी सहयोगको नाममा नेपाल र नेपाली जनताको दीर्घकालीन हित बिरोधी रणनीतिक महत्वको अमेरिकासँगको अत्यन्तै बिबादास्पद एमसीसी सम्झौता संसदबाट पारित गर्ने काममा ओली सरकार लागेको पाइएको छ । यसवारे चार किसान संगठनहरुको सरकारलाई र संसदलाई दुवैलाई एमसीसी सम्झौता संसदबाट पारित नगर्न जोडदार माग गरेका छन् । चार किसान सँंगठनहरुको संयुक्त वक्तब्य तल दिइएको छः

चार किसान संगठनको संयुक्त बक्तब्य

२०७७ जेष्ठ ७ गते, काठमान्डौ

हामी देशका जिम्मेवार चार किसान संगठनहरु – अखिल नेपाल किसान महासंघ(अप्पो) अखिलन नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनिय र अखिल नेपाल प्रगतिशील किासन संघ — कोरोना भाइरसको कारणले लामो झण्डै दुइ महिनाको लक डाउन र फैलदो कोरोना संक्रमणको कारणले स्थिति अझै असमान्य र भयावह बन्दैगएप्रति हामी अत्यन्तै चिन्तित छौं । यस क्रममा दुइजना — एक महिला र एक युबकको मृत्यु समेत भइसकेकोमा उनीहरुप्रति हामी श्रद्धाञ्जली दिन्छौ र पीडित परिबारबाप्रति गहिरो समबेदन ब्यक्त गर्दछौं । फैलदो कोरोना भाइरसको यस स्थितिले सबैभन्दा बढी नेपाली श्रमजीबी जनता — किसान र श्रमिकहरुले अत्यन्तै ठूलो कठिनाईको सामना गर्नु परिरहेको र अझ बढी कठिनाईमा पर्ने स्थिति छर्लंग बन्दै गएको । किसान र मजदुरहरु ‘भाइरस र भोक’ दुबैबाट कसरी जोगिने अत्यन्तै गम्भीर र टड्कारो प्रश्न देशका अगाडि खडा भएको छ । एकातिर यस्तो भयावह स्थिति खडा भएको छ भने अर्कोतिर बाह्य हस्तक्षेप खाशगरी भारतीय हस्तक्षेप पनि यसैबेला तीब्र बनेको छ । कालपानी, लिम्पियाधुरा र लिपुलेकमा आसन जमाएर दशकौंदेखि नेपालको सार्बभौमिकता र भौगोलिक अखण्डतामा नाङ्गो हस्तक्षेप गरेर भारतले राखेको सैनिक अखडा र थप अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो समेत बनाएर नेपाली भूमि हडप्ने कुरालाई जबर्जस्ती अघि बढाइरहेको सन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमिबाट भारतालाई फिर्ता पठाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर जुर्मुराउनु पर्ने स्थिति खडा भएको छ।

 

यसै बीच नेपाल र नेपाली जनताको दीर्घकालीन हित बिरोधी रणनीतिक महत्वको अमेरिकासँगको अत्यन्तै बिबादास्पद एमसीसी सम्झौता संसदबाट पारित गर्ने खतरनाक स्थिति देखापरेको छ । हामी यस्ता हस्तक्षेपकारी र घातक बाह्य गतिबिधिको तीब्र निन्दा र भत्र्सना गर्दछौ र नेपाल र नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्दै कोरोना भाइरस र आसन्न भोकमरी तथा बेरोजगारीबाट नेपाली जनता खाशगरी किसान र मदजुर बर्गलाई जोगाउन ‘देश जोगाऔं किसान जोगाऔं’,भन्ने नाराकासाथ निम्न लिखित ठोस कदमहरु प्रभावकारीरुपमा चाल्न जोडदार माग गर्दछौं :

१.कोरोना भाइरसको फैलदो महामारीका बीच नेपालको स्वाधीनता, भूखण्डता र स्वतन्त्रमाथि हस्तक्षेप अझ बढ्न गएको सन्दर्भमा सम्पूर्ण स्वाधीनताप्रेमी नेपाली जनतालाई एकजुट पार्ने उपयुक्त राजनीतिक बातावरण बनाउ र बिनाभेदभाव र पूर्वाग्रह सम्पूर्ण राजनीतिक संगठन तथा दलहरु एकाकार भएर स्वाधीनता, सार्बभौमिक अखण्डता र स्वतन्त्रको निमित्त खडा हुन राज्यले आह्वान गरोस् भन्ने जोडदार माग गर्दछौं ।

२. अमेरिकासँगको अत्यन्तै बिबादास्पद र राष्ट्रघाती एमसिसी सम्झौता रद्द गर र यसलाई संसदबाट पारित गरेर नेपाली जनता र राष्ट्रको भाग्य र भबिष्यमाथि खेलबाट नगर्न सम्पूर्ण सांसद र सरकारसँग जोडदा माग गर्दछौं ।

३.कोरोना भाइरसको फैलदो महामारीबाट सम्पूर्ण नेपाली जनतालाई जोगाउन सम्पूर्ण नागरिकलाई र खाशगरी बढी प्रभावित जिल्ला र क्षेत्रका सम्पूर्ण नागरिकलाई तीब्र रुपमा पिसीआर टेस्ट, गरी आबश्यक बिधि अनुसार क्वारेण्टाइन र आइसोलेशनमा राख्ने कार्यलाई ब्यापकता र तीब्रता देउ भन्ने पुनः जोडदार माग गर्दछौं ।

४.भारत अन्य देशबाट आउने नेपाली श्रमिकहरुलाई उपयुक्त ब्यवस्था गरेर क्वारेण्टाइनमा राख्ने उनीहरुको स्वास्थ्य स्थिति अनुसार घर पठाउने वा आइसोलेशनमा राख्ने कुरालाई तीब्र पार र नेपाली नागरिकहरुलाई नेपाल फर्किने र काम गर्ने सहज बाताबरण बनाऊ ।

५.सुरक्षित र साबधानीपूर्बक कृषि कर्म र कृषिजन्य उद्योगधन्धाहरु सञ्चालन गर्न सकिने बातावरण बनाउ र जनतालाई भोक र बेरोजगारीबाट मुक्त हुने स्थिति तत्काल सिर्जना गर

६.बेरोजगारहरुलाई कामको ब्यबस्था गर, सुरक्षित किसिमले काम गर्ने बाताबरण बनाऊ ।

७.सबै किसिमका भ्रष्टाचार, कालोबाजरी, तस्करी र मूल्य बृद्धि रोक्न कडा कदम चाल ।

भैरबराज रेग्मी                                                                 सीताराम तामाङ्ग
अध्यक्ष                                                                                अध्यक्ष

अखिल नेपाल किसान महासँघ (अप्पो)               अखिल नेपालम किसान महासंघ(क्रान्तिकारी)

लोकनारायण सुबेदी                                                          कृष्ण राना
अध्यक्ष                                                                               इञ्चार्ज
अखिल नेपाल किसान यूनियन                                         अखिल नेपाल प्रगतीशल किसान संघ