रेडियो बुढीनन्दामा आगलागी करिब २५ लाख बराबरको क्षति

काठमाडौं,जेठ १२। बाजुरा जिल्लाको उत्तरीपूर्वी क्षेत्र कोल्टीको बुढीनन्दा नगरपालिकामा सञ्चालित भएको एक मात्र सामुदाहिक रेडियो उत्तरपूर्वि कुण्डा क्षेत्र लगायत आसपासका हुम्ला, मुगु र कालिकोट जिल्लामा समेत सेवा दिदै आएको थियो। गएराति १२ वजे तिरको समयमा बिजुली सर्ट भएर रेडियोको कार्यलयमा आगलागी हुदाँ सम्पूर्ण मेसिनरी सामान जलेर नष्ट भएको रेडियो बुढिनन्दाका अध्यक्ष सर्पलाल गिरीले जानकारी दिनु भयो ।

 

उहाँका अनुसार आगलागी हुँदा करिब  २५ लाख बराबरको सामान जलेर नस्ट भएको छ, भने रेडियो सञ्चालन हुदैँ आएको घरमा समेत क्षेति पुगेको उहाँले बताउनु भएको छ ।त्यस्तै स्थापना कालको ३ बर्षे बार्षिकोत्सव यहि जेष्ठ १५ गते मनाउने तयारीमा जुटेको अवस्थामा यस्तो दैवीप्राकृतिक विपत्ति आई पर्यकोमा दुखित भएको उहाँले बताउनु भयो ।

 रेडियोमा भएको आगलागीबाट दुर्भाग्यवस पूर्ण रूपमा मेशिनरी सामग्री क्षति भयो तर भाग्य, शौभाग्यवस ठूलो मानवीय क्षति हुनबाट संयोगले जोगिएकोमा हामी सबै खुशी रहेको पनि बताउनु भयो ।   

 

मेशिनरी सामान क्षति भयो ,मानवीय क्षति भएन । म लगायत मेरो छोरा, श्रीमती र दुई भानिज सकुशल रह्यौं । उद्धारमा खटियर मानवीय क्षति र धनजनको क्षतिबाट बचाउन सहयोग गर्ने प्रहरी लगायत अन्य सबै प्रति हार्दिक आभार।हामीले स्रोता र शुभचिन्तकको माझमा चाँडै रेडियो पहिलेकै अबस्थामा ल्याई पुर्याउँने प्रतिवद्धता जाहेर गर्दछु ।