एमसीसी कति भ्रम कति यथार्थ : कांग्रेसले प्रष्टसँग बुझाउन सक्नुपर्छ !

 
 
– नेपाली कांग्रेसले एमसीसी देशको हितमा छ छिटो पास गर्नुपर्छ भनेर मात्रै हुँदैन । परियोजना भित्रका कतिपय विवादास्पद मानिएका बुँदाहरू नागरिकलाई बुझाउन सक्नुपर्छ नत्र भने आगामी आउने दिनहरू नेपाली कांग्रेसका लागि सुखद हुने देखिदैनन् ।
 
कांग्रेसका नेताकार्यकर्ता, शुभेच्छुक सबैले खास गुह्य कुरा के हो ? ती बिबादास्पद बुँदा के हुन् या होइनन् ? राष्ट्र राष्ट्रियता र सार्बभौमिकता माथी प्रहार हुने भन्ने साच्चै हो या होइन छिटोभन्दा छिटो आम असन्तुष्ट व्यक्तिलाई बुझाउन सक्नुपर्छ ।
 
 
व्यक्ति विशेष माथी रहेर सच्चा कार्यकर्ताले गुह्य कुरा के हो ? दवाब दिएर छर्लङ्ग पार्न सक्नुपर्छ । नागरिकलाई बुझाउन सक्नुपर्छ । होईन भने कांग्रेसको शुभचिन्तक भएकै नाताले जिन्दगीभर राष्ट्रघातको जामा पैह्री रहनुपर्नेछ । र, कुतर्क गर्नेहरूका अगाडी पनि विवश लाचार हुनुपर्ने छ ।
 
नेकपा भित्र एमसीसीलाई लिएर पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री र महत्वपूर्ण मन्त्रालय सम्हालेका व्यक्तिहरूले समेत देशको हितमा छैन, जस्ताको तस्तै स्वीकार गर्नु हुँदैन परिमार्जन गरेर मात्रै पास गरौं भनिरहेका बेला काङ्ग्रेस आफूले हस्ताक्षर गरेको भएकै नाताले पास गर्नुपर्छ मात्रै भनिरहदाँ देशभर राष्ट्रघातको आरोप लागिरहेको छ ।
 
कार्यकर्ताले ठोस उत्तर दिन सकिरहेका छैनन् । थोरैमात्र कांग्रेसका कार्यकर्ताले विरोध गरेका छन् जुन तिनको स्वर सम्बन्धित व्यक्तिसम्म पुग्ने अवस्था देखिदैन । बुढापाका कांग्रेसलाई त खासै असर नपर्ला तर कांग्रेस भित्रका आश गरिएका युवाहरूलाई बुढाहरूकै बाटो पछ्याए भनेर लामो समयसम्म यसको असर पर्ने देखिन्छ ।
 
नेकपा भित्र त्यत्रो हल्लिखल्ली हुँदासम्म कांग्रेसले प्रत्येक शब्दभित्र हित मात्रै देख्नुले अचम्म पारिरहेको छ । के नेकपा भित्र लेखपढ गरेका व्यक्तिले विदेशी भाषाको अर्थ नबुझेरै बोले होलान् त ? खास अर्थ बुझ्ने कांग्रेसमात्रै हो त ? भन्ने प्रश्न चौतर्फी कांग्रेसको आलोचना भइरहेको छ । पढेलेखेको मै हुँ भन्नेहरूले समेत प्रष्ट नपार्दा र यसोउसो भनेर ठोस उत्तर दिन नसक्दा आम कार्यकर्तालाई अफ्ट्यारो परिरहेको छ ।
 
 
राष्ट्रियताका सवालमा कांग्रेस चुक्यो भन्ने आरोप लागिरहेको छ । तसर्थ कांग्रेस कार्यकर्ताबेस पार्टी होइन मासबेस पार्टी हो त्यसैले आम नागरिकका भावनाको सम्मान गर्नैपर्छ । यो हो, यो होइन, कति भ्रम, कति यथार्थ सबै नालिबेली बाहिर ल्याउनै पर्छ । होइन भने इतिहास रटेर मात्रै अब कांग्रेस उभो लादैन । ‘पितृ तर्पणले मात्रै पितृ खुसी हुँदैनन् त्यसका लागि सन्तान सुयोग्य हुनैपर्छ ।’ नेताको भक्तिगान भन्दा माथी उठ्नैपर्छ सत्य कुरा दुनियाँलाई बुझाउँनै पर्छ..।
 
 
नेपाली कांग्रेसका ऐतिहासिक गौरवमय इतिहास हुँदाहुँदै पनि कोशी, गण्डकि, टनकपूर र महाकाली सम्झौतालाई लिएर कुतर्क गर्नेहरूका अगाडी चुपचाप बस्नु परेको छ । इतिहास खोतल्दा ठूल्ठूला आन्दोलन र परिवर्तनको नेतृत्व सम्हालेको कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस मात्रै छ । राणा शासन देखि लिएर गणतन्त्रात्मक संविधान जारी गर्दै तिनै तहको चुनावसम्म आफैले गरि ठिक्क पारेर नेकपालाई सुम्पिएको छ ।
 
 
आज कोरोना कहरमा सरकार कसरी नागरिक प्रती उदासीन भइरहेको छ नागरिकले अनुभूति गरिरहेका छन् । कांग्रेसको साथ खोजिरहेका छन् । तर एमसीसी जस्ताको तस्तै पास हुनुपर्छ भनिरहदा विश्वास हराउने पक्का जस्तै भएको छ । एमसिसी पक्ष लिनेहरू र कांग्रेसले विबादित बुँदा प्रष्ट सँग बुझाउन सकेका छैनन् । स्वभाबिक हो प्रष्टसँग नबुझ्दासम्म त्यसको विरोध भइरहन्छ नै । फेरि पनि एमसिसी राष्ट्रघात थियो कांग्रेसले नमान्दा नै पास भएको हो ।
 
 
हामीले सम्झौता गरेका होइनौं भनेर विपक्षले सधैं चुनावी नारा लगाएर भोट बटुल्ने काम कांग्रेसले नगरोस् त्यस्ता कुरा कांग्रेस कार्यकर्ताले सुन्नु नपरोस् । कहिले कम्युनिस्ट कहिले कांग्रेस हुनेहरूका लागि पार्टीको सिद्धान्तप्रती मतलब भएन तर कांग्रेसका आजिवन शुभचिन्तकलाई यस्ता कुराले सधैं बिज्याइरहन्छ । कांग्रेसको शुभचिन्तक भएका नाताले भन्नैपर्छ कांग्रेसको यस्तै ताल हो भने आगामी दिनमा इतिहाँस बनाउने कुरा त परै जाओस् स्थापित इतिहाँस बचाउन पनि सक्षम देखिदैन ।जय नेपाल ! जय मातृभूमि !