आज मिति २०७७ साल जेठ २५ गते आइतबारको राशिफल पढनुस् र पशुपतिनाथको दर्शन गर्नुहोस् तपाईको मनोकामना पुरा हुने छ

मेष –मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

 

मिथुन –आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

 

सिंह –आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

तुला- आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

धनु- महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ ।

 

कुम्भ – आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भईएला । बौद्धिकताको विकासपनि हुनेछ ।

 

वृष-आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

कर्कट-आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

कन्या -, शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

वृश्चिक- आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

 

मकर- जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । सन्तान सुखपनि मिल्ला ।

 

मीन- पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।