कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ८६ पुग्यो

काठमाडौं,असार २ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे जनाएकाे छ।  

 

  प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख दुल्लु नगपालिका ३, ५, ७ र ११ का ५ जना पुरुषहरु र सुर्खेतको भेरीगंगा नगपालिका ११, गुर्भाकोट नगपालिका ११ र १२ का एक महिला र ३ पुरुषमा कोरोना भाइरसको संक्रमण पष्टि भएकाे हो ।

कोरोना संक्रमण देखिनेमा १८ वर्षदेखि ६७ वर्ष उमेरका व्यक्तिहरु रहेकाे र कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमण १०८६ जनामा देखिएको छ । जसमा ३४२ जना कोरोना निको भइ घर फर्कीएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।