भारत-चीन भिडन्तमा ४० जना चीनियाँ सैनिक मारिएको दाबी

 एजेन्सी ।काश्मिरको लद्धाखमा २० जना भारतिय सेनाको ज्यान जानेगरी भएका भिडन्तलाई लिएर भारत र चीनका विदशमन्त्रीहरुले एकले अर्काको आलोचना गरेका छन् । भारतका विदेशमन्त्री सुव्रमण्यम जयशंकरले भारतिय भुमिमा चीनले आफ्नो संरचना निर्माण गर्न खोजेको आरोप लगाएका छन् ।

 

त्यसैगरी उनका चिनिया समकक्षी वांग यिले भारतिय फौजले पहिलो आक्रमण गरेको दावी गरेका छन् । तर टेलिफोन वार्तामा तिनीहरु दुवैले स्थितीलाई अझै चर्कन नदिने प्रतिवद्धता जनाएका छन् ।

 

ढुंगा मुढा , लठी र ब्याट प्रयोग भएको तथा गोली नचलेको यस भिडन्तमा कम्तिमा ४० जना चिनिया सेनाको ज्यान गएको भारतिय संचार माध्यमले अपुष्ट खवर बाहिर ल्याएका छन् ।

 

केहि भारतिय फौज अझै वेपत्ता छन् । टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शान्ति चाहेको तर निहुँ खोजियो भने कडा जवाफ दिन पनि सक्षम रहेको बताएका छन् ।