काठमाडौं उपत्यका भित्रिन यस्ता प्रतिवद्धता भएमात्रै प्रवेश गर्न पाउने

काठमाडौं,असार १५ ।काठमाडाै उपत्यका आउन चाहानेले अब अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै भित्रिन दिने कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले  निर्णय गरेको छ।  

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै काठमाडाै उपत्यका भित्रिन दिने सीसीएमसीले निर्णय गरेको छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने सीसीएमसीले निर्णय गरेको जानकारी दिएका छन् ।त्यस्तै हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने पनि उनले जानकारी दिएका छन्।