पेट्रोल ५ ,डिजेल र मट्टितेलको मूल्य २-२ रुपैयाँले बढ्यो (विज्ञप्तिसहित)

काठमाडौं,असार १६ ।नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।

 

लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ ।

 

भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको हो ।