सिन्धुपाल्चोकको घटनाबारे देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा वक्तव्य जारी

काठमान्डौ, आषाढ २५।  सिन्धुपाल्चोक जिल्लाको भोटे कोसी लगायतका नदीहरुमा आएको भीषण बाढीको कारण दुई जनाको मृत्यु, १४ जना हराइरहेको र केही गम्भीर रुपमा घाइते भएको घटनालाई लिएर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा वक्तव्य प्रकाशित गरिएकोछ।

जसको पूर्ण विवरण तल दिइएको छ,

यही आषाढ २४ गते बुधवार राती सिन्धुपाल्चोक जिल्लाको भोटे कोसी लगायतका नदीहरुमा आएको भीषण बाढीले बगाएर दुई जनाको मृत्यु, १४ जना हराइरहेको र केही गम्भीर रुपमा घाइते भएको घटनाले हामी दुखित भएका छौं । यसघटनामा मृतक हुनुभएकाहरुका परिवार जन प्रति गहिरो समवेदना प्रकट गर्दछौं र पीडित हुनुभएका सबै प्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं । हराई रहेकाहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन र पीडितहरु सबैलाई उद्धार र आवश्यक सहयोग उवलव्ध गराउन हामी केन्द्र सरकार र प्रदेश सरकारहरुसँग जोडदार माग गर्दछौं । यो विपद्को बेला पीडितहरुको उद्धार र सहयोगमा तुरुन्त लाग्नकालागि हाम्रो संगठनका प्रदेश र सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण कार्यकर्ताहरुसँग अनुरोध गर्दछु ।

सी पी गजुरेल
अध्यक्ष