आज सुनको भाउ घट्यो ,चाँदीको यथावत्

काठमाडौं,असार २६ । शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार छापावाल सुन प्रति तोला ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

शुक्रबार चाँदीको पनि भाउ स्थिर रहेको छ । शुकबार चाँदी प्रति तोला ९८० रुपैइामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।