सहसचिव हुँ भन्दै ठगी गर्ने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

 काठमाडौं,असार,२६ । आफू ज्योतिषी हुँ भन्दै चर्चामा आएका अर्जुन थापा क्षेत्री फेरि पक्राउ परेका छन् ।आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । 

विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । 

 

एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।