नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय जना घर फर्किए,कुन जिल्लामा कति छन् संक्रमित

काठमाडौं ,असार २९ । नेपालमा थप १४४ जनामा कोरोना भाइरसकाे संक्रमित देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा  ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको जानकारी दिएकाे छ।

 

 सबैभन्दा धेरै सुर्खेतमा ४१ जना, धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

 

त्यस्तै मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित भेटिएका छन् । कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

 

त्यस्तै २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा  जागेश्वर गौतमल जानकारी दिएका  छन्। उपचारपछि निको भएर घर फर्किनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । 

 

नेपालमा हालसम्‍म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ । मृतककाे संख्या ३८ जना पुगेकाे छ।