थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, १०७ जना डिस्चार्ज ,कुन जिल्लामा कति थपिए सक्रमित ,४४ जनाको मृत्यु

 काठमाडौं,साउन, ९ । नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।  

त्यस्तै मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। क्वारेन्टिनमा बस्नेको संख्या १९ हजार ४ सय ४४ छ। कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए सक्रमित  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना,झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जनामा ,लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

याे सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ।