क्रान्तिकारीहरु फलाम गाल्ने आगोको मुस्लो बन्न सक्नुपर्छ

वैज्ञानिक दृष्टिकोण भनेको ‘तथ्यको आधारमा सत्य खोज्नु’ हो र धमण्डसाथ आफुलाई अचुक ठान्ने र सबैलाई भाषण दिंदै हिंड्ने बानीबाट कहिल्यै कुनै समस्याको टुङ्गो लाग्न सक्दैन । हाम्रो देशमाथी आइपरेका विपत्तिहरु ज्यादै गम्भिर छन् । वैज्ञानिक दृष्टिकोण तथा जिम्मेवारीको भावना लिएर मात्र हाम्रो देशलाई मुक्तिको बाटोतिर लान सकिने छ । सत्य एउटै मात्र छ, र कसैले सत्य फेला पारेको वा छैन भन्ने कुरा मनोगत अहंकार माथि होइन, तर वस्तुगत व्यवहारमाथि भरपर्छ । लाखौं करोडौं जनताको क्रान्तिकारी व्यवहार नै सत्यको एक मात्र कसी हो ।

 

हाम्रो दशकौं लामो क्रान्तिकारी संघर्षको अभिप्राय के हो भने, हामी कम्युनिष्टहरुको उद्देश्य चाहिं नेपाल राष्ट्रको निम्ति, नयाँ समाज र नयाँ राष्ट्रिय व्यवस्थाको निर्माण गर्नु हो । त्यस नयाँ राज्यव्यवस्थामा, नयाँ राजनीति र नयाँ अर्थ–व्यवस्था मात्र होइन तर नयाँ संस्कृति पनि हुनेछ । अर्को शब्दमा, हामी राजनैतिक रुपले उत्पीडन र आर्थिक रुपले शोषित नेपाललाई राजनैतिक रुपले स्वतन्त्र र आर्थिक रुपले समृद्धिशाली नेपालमा फेर्न मात्र होइन र पुरानो संस्कृतिको प्रभुत्व अन्तरगत अज्ञान र पिछडिएको अवस्थामा रहेको नेपाललाई पनि प्रवुद्ध र प्रगतिशिल नेपालमा फेर्न चाहन्छौँ । छोटकरीमा, हामी नयाँ नेपालको निर्माण गर्न चाहन्छौँ । सांस्कृतिक क्षेत्रको हाम्रो उद्देश्य नयाँ नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्नु हो ।

 

के जीतवाजीका लागि धेरै भन्दा धेरै जनतालाई संगठित गर्नुपर्छ भन्ने कुरा सत्य होइन रु सबै पेशा व्यवसायका जनता चाहे हिमाली कन्दराका होऊन या कुनै प्रान्तका, चाहे उत्तरका होऊन् या दक्षिणका, सबलाई संगठित गर्नुपर्छ । धेरै या थोरै जनता संगठित गर्नु कुन चाहिं असल होला रु त्यसमा त धेरै भन्दा धेरै जनता संगठित गर्नु नै उत्तम छ नि । हामीले जीतबाजीका कुरा गर्दा सर्वहारावर्गको नेतृत्वमा व्यापक जनसमूदायलाई एकगढ गर्ने कुरा सुनिश्चित गर्नैपर्छ र साथैसाथ, विभिन्न चिरामा विभाजित सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बीच एकता कायम हुनु र गर्नु पनि उत्तिकै जरुरी छ ।

 

कम्युनिष्ट जीवन–शैली भित्रको अत्यन्तै महत्वपूर्ण विधि आलोचना र आत्मा–आलोचना हो भन्ने कुरो सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले बुझ्नु जरुरी छ । आफुबाट भए गरेको कमिकम्जोरी वा गलत क्रियाकलापलाई लिएर कसैले गरेको स्वच्छ आलोचनाबाट तिरमिरेर क्रान्ति विरोधि, गैर कम्युनिष्ट आचरण अपनाउनु, सच्चा क्रान्तिकारी कम्युनिष्टको आचरण भित्र पर्दैन र होइन । फेरी त्यस्तो क्रान्ति विरोधी गैर कम्युनिष्ट क्रियाकलाप सामू मौनधारण गरी बस्नु एक प्रकारको मतियार बन्नु हो । मतियार बन्नपुग्नु भनेको कुनै पनि मानेमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको नियति होइन र हुन सक्दैन । यसरी मौनधारण गरी मतियार बन्नपुग्नु क्रान्तिकारी आचरण होइन र क्रान्तिकारी आचरण मान्न सकिन्न ।

 

हामी क्रान्तिकारी पार्टीका सच्चा क्रान्तिकारी कम्युनिष्टहरु बीच यदाकदा क्रान्तिकारी सैद्धान्तिक नीतिको मूल्य र मान्यता ‘नेता होइन नीति प्रधान’ हो र यसको ठिक उल्टो ‘नीति होइन नेता प्रधान’को विधि व्यवहारमा लागेको देख्नमा आउनु दुःखदायी मात्र होइन, क्रान्तिकारी अभियानलाई नै बिथोल्ने र पठभ्रष्ट पार्ने दक्षिणपन्थि अवसरवादीहरुको यसखाले चलखेललाई, समय नबित्दै सुधार्नु जरुरी छ । यस्ता अवाञ्छनिय चलखेल विस्तार–विस्तार आफै सुध्रिन्छ र सुधार्न सकिन्छ भनेर यतिकै छुत दिइरहने हो भने, समय बित्दै जाँदा यस्ता प्रवृत्तिले विकराल रुप धारण नगर्ला भन्न सकिन्न । तसर्थ, यस्ता गलत प्रवृत्तिलाई समयमै आवश्यक उपचार पद्धति अपनाई सच्चा क्रान्तिकारी कम्युनिष्ट हुनुको पहिचान सहित श्रमजीवी जनसमूदाय बीच घुलमेल भई क्रान्तिकारी हौसला बुलन्द पार्नु नितान्त जरुरी छ ।

 

हाम्रो सम्झनामा ताजा रहि आएको कुरा के हो भने – कुनै पनि व्यक्ति विशेषको खराब आचरण र गलत प्रवृतिलाई कुनै पनि अर्थमा क्षम्य मान्नु हुन्न र त्यस्तो आचरण र प्रवृतिलाई कतैबाट पनि त्यो सुध्रिन सक्छ भनेर बचाउ गर्नुको नतिजा चिनमा भए गरेको साँस्कृतिक क्रान्तिताका क्रान्तिकारी कर्मीहरुले टेङ स्याओ पिङको पार्टी एवम् सैद्धान्तिक विरोधि क्रियाकलाप विरुद्ध उनलाई कार्वाई गर्न गइरहेको बेला ती सुध्रिन र सुधार्न सक्ने समय छ भन्दै, रोकथाम गर्नुको परिणाम महान नेता माओत्से टुङको निधन भए लगतै निजको नेतृत्वमा ‘चिनमा भएको प्रतिक्रान्ति’ आज हाम्रो सामू दिनको घाम जतिकै छर्लङ्ग रहिआएको छ । जुन घटना हामीले चाहेर पनि आजसम्म भुल्न सकिरहेका छैनौँ र भुल्न सक्ने कुरो पनि होइन ।

 

अहिले नेपालमा विकास हुँदैगरेको प्रतिक्रियावादी संकट तथा अन्तरविरोधहरुको तिक्तताको सन्दर्भमा प्रतिक्रियावादी एवम् नव–संशोधनवादीहरुको यो वा त्यो गुटको अराजनैतिक गठबन्धनमा नलागि विसुद्ध क्रान्तिकारी नीतिअनुसार गएर पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने राम्रो अवसर पैदा भएको छ । प्रतिक्रियावादी र नव–संशोधनवादीहरुले फैलाउने दुषित हावा हुरिका अगाडि नझुकी इतिहासका नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर दृढतापूर्वक पार्टीको क्रान्तिकारी कार्यदिशा लागू गर्न अगाडि बढेर मात्र प्रतिकूलतालाई अनुकूलतामा फेरिन सकिन्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

 

मालेमावादी कम्युनिष्टहरुले अत्यन्तै महत्वकासाथ बुझ्नुपर्ने कुरो भनेको देश, काल र परिस्थिति भित्र खुम्चेर आत्मागत शक्ति कमजोर छ भनेर क्रान्तिको माला जपेर बस्दैमा क्रान्ति आफै हुने कुरो होइन । क्रान्ति हुन र गर्न माक्र्सवादी–लेनिनवादी–माओवादी पठप्रर्दशणलाई आत्मासात गरी मालेमावादी अडान र दृष्टिकोण अनुरुप क्रान्तिकारी पठमा अग्रसर हुने मानसिकता निर्माण गरी, महान नेता लेनिनको दिव्य उपदेश –‘माक्र्सवादी क्रान्तिकारीहरु कुनै पनि समय र परिस्थितिभित्र खुम्चेर बस्दैन, बरु समय र परिस्थितिलाई आफु अनुकूल बनाई हरहमेसा क्रान्तिकारी पठमा अगाडि बढिरहेको हुन्छ र अगाडि बढ्नु पर्दछ’ लाई हृदयङ्गम गरी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु हिम्मतकासाथ क्रान्तिकारी पठमा निरन्तर अगाडि बढ्न सक्नुपर्दछ ।

 

क्रान्तिकारी कम्युनिष्टहरुले यो कदापि भुल्नु हुन्न कि महान नेता लेनिनले ‘हरहमेसा कम्युनिष्ट आदर्श अनुरुप व्यक्तिगत आचरणमा शुद्धता र संयमलाई अत्यन्त बढि जोड दिनु हुन्थ्यो । तर म यहाँ देखिरहेको छु, यहाँको वस्तुस्थिति विलकुल उल्टो भने जस्तो गरी यहाँका कतिपय कामरेडहरु आफु अवल दर्जाको सच्चा कम्युनिष्ट हुँ भनि सावित गर्न बडेबडेमानको सैद्धान्तिक भाषण छाँत्न शिपालु तर व्यवहारमा भने सुन्ने ती क्रान्तिकारीहरु, दक्षिणपन्थी अवसरवाद तथा दक्षिणपन्थी नवसंशोधनवादको जवरजस्त प्रभावका कारण राजनैतिक एवम् संगठनात्मक प्रश्नसँगै व्यक्तिगत आचरण र नैतिकताको प्रश्नमा पनि पूँजीवादी अराजकता र छाडापनबाट मुक्त छैनन् । कम्युनिष्ट पार्टीको समस्याको मूलजड भन्नु नै यहि हो । विश्व कम्युनिष्ट आन्दोलन पनि यो समस्याबाट अछुतो छैन ।

 

क्रान्ति हुन र गर्न फेरिपनि क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कार्यक्रम तर्जुमा गर्नु नै पर्याप्त होइन र हुन सक्दैन । अर्को कुरो क्रान्ति हुन र गर्न देशको वर्तमान वस्तुगतस्थिति क्रान्तिको लागि सकारात्मक भएर पनि के गर्ने, क्रान्तिकारीहरुको आत्मागत स्थिति कमजोर छ भनी हातमा हातबाँधी, पार्टीभित्र रहेको रहल–पहल विकृति र विसंगति, कमि कमजोरी, गलत प्रवृति, गलत सोच (चिन्तन्), दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी नवसंशोधनवाद तथा नवप्रतिक्रियावाद जस्ताको प्रभावलाई निर्मूल गरी पढाउने तिर नलागि यतिकै गतिछाडा तालले छुट दिइराख्ने हो भने आत्मागत शक्ति कमजोर मात्र होइन पार्टीमा अरु कल्पनासम्म गर्न नसकिने दुर्घटना नहोला भन्न सकिन्न । तसर्थ क्रान्तिकारीहरुले अत्यन्तै महत्वकासाथ हेक्का राख्नु पर्ने कुरो आत्मागत शक्ति कमजोर हुनु भनेको त्यो आफैमा एक गम्भिर रोग हो । जस्को निदान गरी रोगको उपचार आवश्यकता अनुरुप गर्नु नितान्त जरुरी छ । रोगको उपचार बिना आत्मागत शक्ति आफै तन्दुरुस्ति भएर आउने कुरो होइन भन्ने कुरो क्रान्तिकारी कम्युनिष्टहरुले बुझ्नु जरुरी छ ।

 

क्रान्तिकारी पार्टीका सच्चा कम्युनिष्टहरुले आदम्वरी रवाफ र आडम्वरि जीवन शैलिबाट माथि उठी नेता हुनुको हुँकार छोडेर, व्यवहारतः शिष्ट बोली र सादाव्यवहारमा उत्रेर उत्पिडित जनसमूदायको मनजिती आत्मियता गाँस्न सक्नु पर्दछ । किन कि यो नै एक मात्र क्रान्तिको मूल आधार स्तम्भ हो र यसलाई सहि अर्थमा जागरुक बनाई, अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई टुङ्गोमा पु¥याई यसै माध्यम वैज्ञानिक समाजवादमा फदको मार्ने यो एक भरपर्दो क्रान्तिकारी कार्य विधी हो । विना अपवाद यस विधीलाई प्रत्यक कामरेडहरुले आफ्नो जिम्मेवारी बोधका साथ व्यवहारतः कार्यक्षेत्रमा उत्रनु क्रान्तिकारी कम्युष्टिहरुको नैतिक दाइत्व हो ।

 

क्रान्तिको सन्दर्भमा भन्नुपर्दा, नेपालको राजनैतिक इतिहासलाई हामीले गौरगरी हे¥यौभने के कुरा प्रमाणित हुन आउँछ भने नेपाली पूँजीपतिवर्गले केहि विशेष ऐतिहासिक परिस्थितिहरुमा साम्राज्यवाद सामन्तवादको विरुद्ध संघर्षमा भाग लिन सक्छ र लिएका पनि छन् । अन्य परिस्थितिहरुमा सो वर्ग, आफ्नो आर्थिक तथा राजनैतिक कमजोरिको कारणले गर्दा धोकेवाजभई गद्दारी गर्न पुग्छन् । त्यसैले इतिहासको पाना पल्टाएर हामीले के सिक्न र बुझ्नु पर्छ भने नेपालमा हामीले गर्न खोजिरहेको साम्राज्यवाद–विरोधी, विस्तारवाद विरोधि, सामन्तवाद–विरोधी तथा यो संसदिय नवप्रतिक्रियावादी व्यवस्था विरोधी पूँजीवादी–जनवादी (नयाँ जनवादी) क्रान्ति एउटा यस्तो अभिभारा हो जसलाई पूँजीपतिवर्गको नेतृत्वमा सम्पन्न गर्न सकिंदैन, बरु सर्वहारावर्गको नेतृत्वमा मात्र सम्पन्न गर्न सकिन्छ ।

 

हामीले हरहमेसा यादगार बनाई राख्नु पर्ने यो नाभि सवाल सर्वहारावर्ग पूँजीपतिवर्गको पछि लाग्ने होकी पूँजीपतिवर्ग सर्वहारावर्गको पछि लाग्ने हो रु नेपाली क्रान्तिमा नेतृत् वगर्ने उतरदायित्वको यो सवाल अत्यन्तै महत्वपूर्ण छ, किन भने जसमाथि क्रान्तिको सफलता वा असफलता निर्भर गर्दछ । हुनत हामीले यो नाभि सवालको दुवैपक्षको सकारात्मक र नकारात्मक अनुभवहरु दश वर्षिय महान जनयुद्धको क्रममा हासिल गरिसकेका कुराहरु हुन् । पूँजीपतिवर्गले सर्वहारावर्गको राजनैतिक नेतृत्वको अनुसरण गर्दाखेरि क्रान्ति कसरी अघिबढ्यो र पछि कम्युनिष्ट पार्टीको मूल नेतृत्व प्रचण्डको गल्ति (गद्दारी) र यिनका पिछलग्गु समूहले गर्दा सर्वहारावर्ग पूँजीपतिवर्गको राजनैतिक पुच्छर बन्दाखेरि कसरी क्रान्ति पछिल्तिर धकेल्न पुग्यो । इतिहासको यस घटनालाई हामीले भुलेरै पनि दोहरिन दिनुहुन्न ।

 

मालेमावादी हामी वहुसंख्यक उत्पिडित जनसमूदायमाथि भरोसा राख्छौँ र सम्पूर्ण परिस्थिति प्रति जिम्मेवारीपूर्ण ढङ्गले ध्यान केन्द्रित गर्छौँ । क्रान्तिकारी पार्टी पंक्तिहरुमा पद प्रतिस्था र सुविधावादको एउटा प्रतिविम्व रहेको क्रान्तिकारी पठबाट भागेका भगुवाहरु विप्लव र बादल खालको पुच्छरवादलाई पुनर्जिवित हुन दिनु हुँदैन । पार्टीको वर्ग अदानलाई कमजोर पारिएमा, त्यसका विशिष्ट लक्षणहरुलाई अस्पष्ट बनाइएमा, पद, प्रतिस्था र सुविधावादका खाँचोहरु पुरा गर्नका लागि मजदुर किसान तथा वहुसंख्यक उत्पिडित जनसमूदायका हितको वलिदान गरिएमा, क्रान्ति अवश्य पनि पराजित हुनेछ ।

 

हामी यस अर्थमा सचेत हुनैपर्छ किनभने दह्रो क्रान्तिकारी नीति कार्यान्वयन गरी पूँजीवादी जनवादी (नयाँ जनवादी) क्रान्तिमा पूर्ण विजयका लागि प्रयासरत छौँ । र उपर्युक्त अवाञ्छनिय प्रवृतिहरुलाई हटाउनका लागि, सम्पूर्ण पार्टीको माक्र्सवादी–लेनिनवादी–माओवादी सैद्धान्तिक स्तरलाई उठाउनु अत्यन्त जरुरी छ, किनभने माक्र्सवाद–लेनिनवाद–माओवाद मात्र त्यस्तो शिक्षा दिग्दर्शक यंत्र हो जसले नेपाली क्रान्तिलाई विजय तर्फ मार्गदर्शन गर्नसक्छ ।