आगामी तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन सबैमा आग्रह

काठमाडाै,साउन १४। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खाल्काे वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १४ गते (बुधबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती:देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती : देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती :देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।